अर्थ

सुनको मूल्य घट्यो

बुधबार, २४ माघ २०७४ गते प्रकाशित
- Bishow

सुनको मूल्य घट्यो

काठमाडौं । आज बजारमा सुनको मूल्य घटेको छ । हिजो मात्रै तोलामा ६ सय रुपैयाँ बढेको सुनको मूल्य आज फेरि घटेको हो । आज सुन तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार एक सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोलो ५७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला सात सय ४५ रुपैयाँमा कारोकार भइरहेको छ । हिजो चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।