मनोरञ्जन

कंगनाद्धारा विवाहको घोषणा

बुधबार, २४ माघ २०७४ गते प्रकाशित
- Bishow

कंगनाद्धारा विवाहको घोषणा

काठमाडौं । बलिउड ‘क्विन’ कंगना रनावटले विवाह गर्ने भएकी छिन् । लामो समय नायक ऋतिक रोशनसँगको प्रेममा रहेकी उनी अहिले सिंगल रहेको बताउँदै आएकी छिन् ।

 

तर, उनले वर्ष २०१९ मा विवाह गर्ने तयारी गरेको भारतका सञ्चार माध्यमहरुले बताएका छन् । केही दिन अगाडि मुम्बईमा भएको ‘ल्याक मी फेसन विक’ मा प्रस्तुत भएकी कंगनालाई त्यहाँ पत्रकारले बिहेको बारेमा सोधेका थिए । सोही बेला उनले आफ्नो विवाहको मिति घोषणा गरेकी हुन् ।