कला साहित्य

सजिएका सपनाहरु गए जस्तो लाग्छ...

बुधबार, २४ माघ २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

सजिएका सपनाहरु गए जस्तो लाग्छ...

न यता न उता भए जस्तो लाग्छ
सजिएका सपनाहरु गए जस्तो लाग्छ

 

कस्तो होला मेरो मन रफ्तारमा दौडिने
जहाँ छु त्यहि सधै रहे जस्तो लाग्छ

 

कसैको मन कहिले देखाउन चाहिन पनि
अरुको खुशीमा नै आफु रमाए जस्तो लाग्छ

 

जीन्दगीको गोरेटोमा संघर्ष र आशासँगै
मन बुझाई कठिनार्इहरु सहे जस्तो लाग्छ

 

सम्झना श्रेष्ठ सर्गम