मनोरञ्जन

‘ब्लाइन्ड रक्स’ को ट्रेलर यस्तो बन्यो (भिडियोसहित)

मङ्गलबार, २३ माघ २०७४ गते प्रकाशित
- Bishow

‘ब्लाइन्ड रक्स’ को ट्रेलर यस्तो बन्यो (भिडियोसहित)

काठमाडौं । फिल्म ‘ब्लाइन्ड रक्स’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण यूनिटको उपस्थितिमा फिल्मको सृष्टिको जीवन संघर्षको कथा बोल्ने ट्रेलर सार्वजनिक गरियो । दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमा आधारित भएर फिल्म निर्माण भएको हो ।



नायिका बेनिशा हमालले पर्दामा सृष्टिको भूमिका निर्वाहा गरेकी छिन् । फिल्ममा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको समेत मुख्य भूमिका छ । लन्डन प्रदर्शनपछि निकेश लिम्बु निर्मित यो फिल्म फागुन १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।



ट्रेलर रिलिज कार्यक्रममा बोल्दै नायिका बेनिशाले आफ्नो लागि ‘ब्लाइन्ड रक्स’ मा सृष्टिको भूमिका न्यायपूर्वक निर्वाहा गर्नु चुनौतीपूर्ण रहेको बताइन् ।

">