अर्थ

सुनको मूल्य बढ्यो, कति पुग्यो ?

मङ्गलबार, २३ माघ २०७४ गते मा प्रकाशित

gold

काठमाडाैं । आज सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ रुपैयाँ बृद्धि हुँदै प्रतितोला ५७ हजार आठ सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

 

 

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बृद्धि हुँदै सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला सात सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।