रोजगार

मुख्य समाचार

स्थानीय तहमा झण्डै तीन हजार कर्मचारीको अभाव

सोमबार, २२ माघ २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

स्थानीय तहमा झण्डै तीन हजार कर्मचारीको अभाव


काठमाडौं । मुलुकभरका ७ सय ५३ स्थानीय तहमा झण्डै तीन हजार कर्मचारीको अभाव देखिएको छ । तिन हजार कर्मचारीको अभाव भएपछि अधिकांश स्थानीय तह निमित्त कर्मचारीको भरमा चलेका छन् ।

कर्मचारी अभावका कारण स्थानीय तहका कामकाज समेत प्रभावित भएका छन् ।सामान्य प्रशासन मन्त्रालय भने आफुले आफ्नो जिम्मेवारी पुरा गरिसकेको बताउदै आएको छ ।संम्बन्धित मन्त्रालयको कमजोरीले स्थानीय तहमा कर्मचारी अभाव सृजना भएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले नेपालआज डटकम लाई जानकारी दिनुभयो ।

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृततर्फ १ हजार ४४ जना र वडाका सचिवतर्फ १ हजार ५८ पद रिक्त रहेका छन् । अहिले ती ठाउँमा निमित्तले काम गरिरहेका छन् । सबै स्थानीय तहमा करिब ६ हजार १ सय वडा कार्यालय छन् ।

सामान्य प्रशासन मन्त्रालयले गएको असोजमा १ हजार ६ सय कर्मचारी स्थानीय तहमा सरुवा गरेको थियो । ति मध्ये ४३ उपसचिव र १ सय ५० सुब्बा, खरिदार मात्र सरुवा भएको ठाउँमा हाजिर भएका छन् तर ३ सय जनाले भने पहुँचका आधारमा सरुवा रद्ध गराइसकेका छन् ।