बिचित्र विश्व

अमेरिकाकी २० वर्षीया युवति, जसले जन्माइन् २६ महिनामै ६ सन्तान

सोमबार, २२ माघ २०७४ गते मा प्रकाशित

daneshaaaa

एजेन्सी । अमेरिकाको कन्सासमा २० वर्षीया एक युवति छन्, दनेशा । उनको बारेमा थाहा पाउनेहरु दंग पर्छन् । कन्सासकी दनेशा केही महिनाअघि मात्रै छैटौँ सन्तानकी आमा बनेकी छन् ।


दनेशा काउचा नामकी ती युवतिले २६ महिनामै ६ बच्चा जन्माएकी हुन् । उनले २६ महिनाको अवधिमा ३ पटक गर्भवती भएर बच्चा जन्माइन् र ३ पटक नै जुम्ल्याहा बच्चा जन्माइन् ।


पहिलोपटक सन् २०१४ को अप्रिलमा जुम्ल्याहा छोराहरु जन्माएकी उनले सन् २०१५ को २९ मे मा दोस्रो पटक जुम्ल्याहा छोरी पाइन् ।
दनेशाले गत जुन महिनामा फेरि जुम्ल्याहा छोरी जन्माईन् ।

 

यसरी २६ महिनाको अवधिमा ६ जना बच्चा जन्माएकी दनेशा चासोको पात्र बनेकी छन् । उनलाई र उनका सन्तानलाई अवलोकन गर्न आउनेहरुको भीड नै लाग्ने गर्छ । उनको कोखबाट पहिलोपटक जन्मिएका जुम्ल्याहामध्ये एक छोराको भने मृत्यु भइसकेको छ ।


अहिले उनको साथमा १ छोरा र पाँच छोरी जिवित नै छन् । दनेशाको प्रजनन क्षमता देखेर डाक्टरहरु पनि अचम्म भएको बताउँछन् । साथै उनले अरु सन्तान पनि जुम्ल्याहा जन्माउनसक्ने डाक्टरहरुको अनुमान छ ।