कर्पोरेट

फेसबुकले रोक्यो डिजिटल मुद्राको विज्ञापन

शनिबार, २० माघ २०७४ गते प्रकाशित
- नेपाल आज (NP)

फेसबुकले रोक्यो डिजिटल मुद्राको विज्ञापन

काठमाडौं । सामाजिक सञ्जालहरु फेसबुक र इनस्टाग्राममा ‘ बिटक्वाइन’ जस्ता भर्चुअल मुद्राको विज्ञापनमा रोक लगाइएको छ ।

 

फेसबुकले कुनै पनि प्रकारको डिजिटल मुद्रा (क्रिपटोकरेन्सी), इनिसिलय क्वाइन अफरिङस र बाइनरी अप्सन्सको ट्रेडिङको विज्ञापनलाई आफ्नो प्लेटफर्ममा प्रतिबन्ध लगाएको हो ।

 

साथै कम्पनीको अन्य एप्सजस्तै म्यासेन्जर, अडियन्स नेटवर्क तथा इन्स्टाग्राममा पनि डिजिटल मुद्राबारे कुनै प्रकारको विज्ञापन गर्न नपाउने भएको छ । आजको कान्तिपुर दैनिकले खबर छापेको छ ।