राजनीति

भिडियो

कभर स्टोरी

रामकुमारी झाँक्रीसँग ‘गुट’ संवादः गुटमा लागेपछि ढाड थाप्न तयार हुनैपर्छ (भिडियो)

गुट बनाउने र सिद्ध्याउने खेलमा केपी–माधव उस्तै, झलनाथ चाहीँ शालिन

बुधबार, १६ फागुन २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

रामकुमारी झाँक्रीसँग ‘गुट’ संवादः गुटमा लागेपछि ढाड थाप्न तयार हुनैपर्छ (भिडियो)

काठमाडौं । वामदेव गौतम नेतृत्वको तत्कालिन नेकपा मालेमा प्रवेश गर्नेहरुले एमालेमा फर्केपछि पनि लामो समयसम्म ‘पूर्वमाले’ को आरोप खेप्नुपर्यो ।

 

वामदेव स्वयं नेतृत्वपंक्तिमा राजनीतिक रुपमा सुरक्षित थिए । उनका समर्थक ‘गुट’का नेता–कार्यकर्ता भने जिल्ला–जिल्लामा असुरक्षित थिए ।

 

झलनाथ खनाल पार्टी अध्यक्ष भएपछि भने त्यस्तो अवस्था केही मत्थर भयो । केपी ओली नेतृत्वमा आइसकेपछि ‘पूर्वमाले’समुह लगभग विभाजित छ ।

 

वामदेवको स्कुलिङबाट उठेका नेता–कार्यकर्ता अहिले केपी ओली वा माधव नेपालनिकट भएर चिनिएका छन् । भलै राजनीतिक संगठनमा बैचारिक सिद्धान्तका आधारमा समुह वा ‘गुट’ निर्माण हुने र भत्किने गर्छ ।

 

पछिल्लो समय नेकपा एमालेमा ‘जनताको बहुदलीय जनवाद’मान्ने र नमान्ने भनी दुई ‘गुट’ बने । एक पक्षले ‘जबजको पुनब्र्याख्या गर्दै औचित्यबारे बहस गर्नुपर्छ’भन्छ भने अर्को पक्ष ‘जबज नै मार्गदर्शक सिद्धान्त’ भन्दैआएको छ ।

 

यसैबीचबाट मध्यमार्गी समुह पनि नजानिदो पारामा देखिन्छ । जो ‘जबजवाला’को कित्तामा पनि उभिँदैन र बहसमा पनि उत्रिँदैन ।

 

‘जबजलाई बहस र पुनःब्याख्या गर्नुपर्छ’ अर्थात् ‘पूर्वमाले’कित्ताकै एक जुझारु नेत्री रामकुमारी झाँक्रीसँग नेपालआजले अन्तरवार्ता गरेको छ । भलै यो बहस जबजमाथि केन्द्रित छैन ।

 

नेपालआजको स्टुडियोमा झाँक्रीसँग गरिएको यो अन्तरवार्ता एमालेभित्र ‘गुट संस्कार’माथि केन्द्रित छ । ‘कुन गुट कस्तो ?’, ‘माधव नेपाल, केपी ओली र झलनाथमध्ये कसको गुट बलियो’ जस्ता विषयमा रोचक संवाद भएको छ ।

 

झाँक्री स्वयं पनि विद्यार्थी अध्यक्ष, पार्टी केन्द्रीय कमिटी हुँदै प्रतिनिधिसभासम्म आइपुग्दा गुट ‘पोलिटिक्स’ले कति काम गर्यो ? जस्ता विषयमा नेपालआजको स्टुुडियोमा बहस भएको छ ।