मनोरञ्जन

भिडियो

कभर स्टोरी

'राजावादी' सुष्माको माओवादी सम्झनाः माओवादीले मेरो ओछ्यानमै बम राखे, आर्मीले र्याग गरे (भिडियो)

सलमान खानसँग भेटेपछि सुष्माले भनिन्ः बाराक ओबामासँग डिनर गर्न मन छ

शुक्रबार, ११ फागुन २०७४ गते प्रकाशित
- नेपाल आज (RP)

'राजावादी' सुष्माको माओवादी सम्झनाः माओवादीले मेरो ओछ्यानमै बम राखे, आर्मीले र्याग गरे (भिडियो)

काठमाडौं । ‘आईटम डान्स’कै कारण चर्चामा आएकी अभिनेत्री सुष्मा कार्की अचेल फिल्मी क्षेत्रमा खासै सक्रिय छैनन् । केही फिल्मको तयारी गरिरहेको बताउँदैआएकी छन् ।

 

फिल्म भन्दा पनि उनी विदेशका कार्यक्रममा ‘पर्फमेन्स’मा ब्यस्त हुन्छिन् । पछिल्लो साता कार्कीसँग नेपालआजका लागि प्रबिन दाहालले गरेको अन्तरवार्तामा उनले केही रहस्य खुलाएकी छन् ।

 

हुर्केको ठाउँ बर्दियामा छँदाका केही अविस्मरणीय घटना समेत उनले ‘शेयर’ गरेकी छन् । बाल्यकाल, स्कुले जीवन, फिल्मी करिअरको क्रममा भएका घटना साथै व्यक्तिगत स्वभाव र परिवारबारे पनि कार्कीले बिस्तृतमा बताएकी छन् ।

 

बर्दियाको बसाइ

बर्दियामा रहँदा उनले आफ्नो बाबुको हैकमबाट निर्देशित हुनुपरेको स्मरण गरिन् । त्यसबेला माओवादीको युद्धकाल भएकाले घरबाहिर जान नदिने गरेको उनले बताएकी छन् ।

 

घरको चौघेरा भन्दा बाहिर जानै नपाउने उनले सुनाइन् । उनका अनुसार पिताले घरभन्दा बाहिर जान दिँदैनथे । यद्यपि बाल्यकालमा गाउँमा उनलाई धेरैले मन पराउने उनले सुनाइन् ।

 

माओवादी सम्झना

सुष्माले माओवादी युद्धबारे पनि आफ्नो अनुभव हामीलाई सुनाएकी छन् । त्यसबेला थुप्रै माओवादी कार्यकर्ता आफ्नो घरमा आउने गरेको उनले बताइन् ।

 

खाना पकाएर खुवाउनुपर्ने भन्दै त्यसबेलाको राजनीतिक अनुभव पनि उनले बताइन् । साथै माओवादीको डरले पनि बावुले घरबाहिर जान नदिने गरेको उनको अनुभव छ ।

 


सलमान खानसँग भेट

सुष्माले बलिउड स्टार सलमान खानसँगको भेटबारे पनि हामीलाई बताएकी छन् । सलमान खानसँग कसरी भेट भयो ? कस्तो अनुभुति भयो ? भन्ने जस्ता जिज्ञाशाको जवाफ उनले हामीलाई सुनाइन् ।

 

सुष्माले सलमान खानसँग भेट्दा खुसी लागेको र लामो समयसम्म कुराकानी गरेको पनि बताइन् । सलमान खानले आफूलाई महत्व दिएर बोलेको उनको भनाइ थियो ।

 

सन् २००८ बाट फिल्मयात्रा सुरु गरेकी सुष्माको पुर्खौली घर बर्दिया हो । उनी बर्दियामै जन्मेर हुर्किन् । काठमाडौंमा आएर उनको स्कुले जीवन अघि बढेको हो ।

 

स्कुल पढ्ने बेला केही आफ्नै साईन्स टिचरले मन पराउने गरेको पनि उनले खुलाएकी छन् । साथै केटाहरुले लभलेटर पठाउने तर चिठी बाबुले भेट्टाउने गरेको पनि उनले बताइन् ।

 

म त राजावादी

सुष्माले आफूलाई राजावादी बताउँदै पूर्वयुवराज दिपेन्द्र र निराजन शाहसँग प्रभावित भएको बताइन् । निराजनलाई त कति रातमा सपनामा समेत देख्ने गरेको उनले सुनाइन् । सुष्माले निराजनलाई असाध्यै मन पराउने पनि बताएकी छन् ।

 

यसबाहेक सुष्माले नेपालआजसँग केही गोप्य कुरा समेत खुलाएकी छन् । व्यक्तिगत आनीबानी र भोगाइबारे पनि उनले यहाँ खुलेर भनेकी छन् ।