राजनीति

भिडियो

स्ट्रेट फरवार्ड

भारत गलेर विदेशमन्त्री स्वराजलाई नेपाल पठायो (भिडियाेसहित)

शुक्रबार, १९ माघ २०७४ गते प्रकाशित
- नेपाल आज (NP)

भारत गलेर विदेशमन्त्री स्वराजलाई नेपाल पठायो (भिडियाेसहित)

काठमाडौं । अहिले कमचालउ सरकारले नयाँ जननिर्वाचित प्रतिनिधिलाई सरकार हस्तान्त्रणको संक्रमणकालमा भारतीय विदेशमन्त्री शुष्मा स्वराजको नेपाल भ्रमणले नेपाली राजनीति वृत्तमा नयाँ तरंग फैलिएको छ । उनी विना निमान्त्रण एकाएक दुई दिने नेपाल भ्रमणमा आएकी हुन् ।

 

सुरक्षावीद् तथा नेपाली सेनाका पूर्व जर्नेल डा. प्रेमसिंह बस्न्यातले भारत सरकार गलेर भारतीय विदेशमन्त्री शुष्मा स्वराजलाई नेपाल पठाएको बताएका छन् । बाम गठबन्धनको नयाँ सरकार गठन हुन कम्तिमा पनि तीन हप्ता बाँकी छँदै दिल्लीले हतार हतार विशेष दूतका रुपमा विदेशमन्त्रीले स्वरोजलाई नेपाल भ्रमणमा पठाएको हो ।

रतको अघोषित नाकाबन्धी पछि तत्कालिन प्रधानमन्त्रीकेपी शर्मा ओली नेतृत्वको सरकारले नेपालको उत्तरी छिमेकी राष्ट्र चीनसँग निकटता बढाएपछि दिल्ली सशंकित बनेको डा बस्न्यातको उनको भनाइ छ । निर्वाचनपछि पनि अध्यक्ष ओली उत्तरी सिमाना रसुवागढी पुगेर चीनियाँ अधिकारीलार्इ भेट्नुुलार्इ भारतीय पक्ष डराउनुको अर्काे कारण ठान्छन् उनी ।

 

साथै, स्वराजको भ्रमण निकट भविष्यमा हुन लागेको चीनियाँ राष्ट्रपति सि जिन पिङ को भ्रमण रोक्ने प्रपञ्च भएको डा बस्न्यातको टिप्पणी छ । उनका अनुसार चीनिया राष्ट्रपति नेपाल भ्रमणमा आए राष्ट्रपति सि जिङ पिङले मेघा प्रोजेक्टमा सम्झौता गर्ने प्रवल सम्भवना रहेकाले नेपाललाई आफ्नो पक्षमा पार्ने भारत हतारिरहेको हो ।नयाँ बन्ने सरकारसँग भारतीय पक्ष निकट हुने योजनाअनुसार विदेश मन्त्री स्वराज विना निमान्त्रण नेपाल भ्रमणमा आएको बस्न्यातको भनाइ छ । नेताले बोल्ने एउटा गर्ने अर्कै भएकाले स्वराजको भ्रमणले देशलाई ३० प्रतिशत फाइदा हुने तर ७० प्रतिशत नोक्सान हुने सम्भावना रहेको डा बस्न्यातको ठम्याइ छ । त्यस्तै, अध्यक्ष ओली र मन्त्री स्वराजबीच एकलाएक्लै वार्ता भएकाले उनीहरुबीच कुनै प्याकेजको विषयमा कुराकानी भएको उनको आंकलन छ । दुबैबीच भएको प्याकेजका बारेमा छिट्टै खुलासा हुने पनि उल्लेख गरे ।

 

विदेशमन्त्री स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवालाई नभेटी सिधै अध्यक्ष ओलीलाई भेट्नुले भारतको नजरमा ओलीको छवी उच्चाे भएकाे बताउ । भातरको अघोषित नाकाबन्धीमा अाेली हलचल नगरपछि भारतले पहिलो प्राथमिकतामा ओलीलाई राख्दै आएको छ ।

 

तर, कांग्रेस नेतृत्वको सरकारले उनको भ्रमणका विषयमा किन कुनै प्रतिक्रिया दिएको छैन ।

 

उनले विगतदेखि नै भारतले नेपाललगायतका देशको राजनीतिमा हस्तक्षप गर्दै सुक्षम व्यवस्थापन गरिहेको बताएका छन् । भारतवर्षे नीति अनुसार भारत सरकारले नेपाललगायतका छिमेकी देशको राजनीतिमा सधैँ माइक्रो म्यानेजमेन्ट गर्ने प्रयास गरिरहेको उनको भनाइ छ ।

 

उनले राजनीतिक संक्रमणको यस्तो अवस्थामा राजनीतिज्ञहरुले खुट्टा नकमाइ ढुलमुले नता होइन भनी प्रमाणित गर्नु पर्ने बेला आएको बताएका छन् । पटकपटक भारतीय पक्षले नेपालको जमीन अतिक्रम गरेकाे भन्दै एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ‘तागत भए सीमामा पर्खाल लगाउनु’ भन्दै चुनौती दिए ।

 

उनले हिजो मात्रै भारतले नेपाललाई दिने सहयोगमा ७० प्रतिशत वृद्धि गरेको घोषणा इंगित गर्दै नेपाललाई आफू निकट ल्याउने चालचलेकाे जिकिर गरे ।