राजनीति

भिडियो

कभर स्टोरी

६ नम्बर प्रदेशबाट केन्द्र सरकारमा को बन्ला मन्त्री ?, सुर्खेतका सांसदको यस्तो दाबी (भिडियो)

६ नम्बर प्रदेशलाई कस्तो बनाउने ?: एक बहस

बुधबार, ०९ फागुन २०७४ गते प्रकाशित
- नेपाल आज (RP)

६ नम्बर प्रदेशबाट केन्द्र सरकारमा को बन्ला मन्त्री ?, सुर्खेतका सांसदको यस्तो दाबी (भिडियो)

काठमाडौं । मुलुक संघीय संरचनामा गएपछि ६ नम्बर प्रदेशलाई विशेष चासोको साथ हेर्न थालिएको छ । प्राकृतिक स्रोत–साधनले भरिपूर्ण यस क्षेत्रलाई अझै दुर्गम क्षेत्रको रुपमा चिनाउनुपर्ने बाध्यता छ ।

 

त्यसो त प्रदेश नम्बर ६ विशिष्ट क्षमता र सम्भावना भएको प्रदेश पनि हो । यहाँका जनप्रतिनिधिहरु के भन्छन् भने, यस प्रदेशलाई समृद्ध बनाउँदा त्यसको प्रत्यक्ष लाभ समग्र देशलाई पुग्छ ।

 

सुर्खेत ६ नम्बर प्रदेशकै एक जिल्ला हो । सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य चुनिएका नवराज रावतसँग नेपालआजले अन्तरवार्ता गरेको छ ।

 

हाम्रो स्टुडियोमा आएर उनले अन्तरवार्ता दिएका हुन् । यस क्रममा उनले ६ नम्बर प्रदेशलाई केन्द्रबाट कस्तो व्यवहार गर्नुपर्छ ? राज्यको योजना सुधारेको खण्डमा कसरी विकास सम्भव छ ? भन्ने जस्ता विषयमा यो अन्तरवार्ता केन्द्रित छ ।

 

भारतसँग नजोडिएको प्रदेश

६ नम्बर प्रदेश मात्रै त्यस्तो प्रदेश हो, जसको भारतसँग सीमा जोडिएको छैन । यस हिसावले पनि ६ नम्बर प्रदेश अन्य भन्दा पृथक मानिने रावतको भनाइ छ ।

 

यद्यपि यस प्रदेश जल, जंगल, जडिबुटी, धातु लगायतका लागि देशैभर चिनिने भएकाले यसको सदुपयोग गर्नु सरकारको दायित्व रहेको उनले बताए ।

 

६ नम्बरबाट को बन्ला केन्द्रमा मन्त्री ?

प्रतिनिधिसभामा ६ नम्बर प्रदेशबाट १२ जना जनप्रतिनिधि चुनिएका छन् । तीमध्ये केही प्रतिनिधि केन्द्र सरकारमा मन्त्री पदको आकांक्षा देखाएका छन् ।

 

नवराज रावत पनि एक हुन्, जसले मन्त्री पदमा चासो देखाएका छन् । उनी आफूलाई मन्त्री पद दिएको खण्डमा जिम्मेवारी लिन तयार रहेको बताउँदैआएका छन् ।