राजनीति

कभर स्टोरी

प्रतिनिधिसभा सदस्यको शपथमा मातृभाषालाई मान्यता

शपथग्रहण फागुन २० गते अपराह्न ४ बजे

बुधबार, ०९ फागुन २०७४ गते प्रकाशित
- Dhiraj Devkota

प्रतिनिधिसभा सदस्यको शपथमा मातृभाषालाई मान्यता


प्रतिनिधिसभा सदस्यको शपथमा मातृभाषालाई मान्यता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा १ बमोजिम फागुन २१ गतेका लागि संसद्को पहिलो अधिवेशन आह्वान गरेकी छन्। त्यसअघि संघीय संसद्को शपथग्रहण भने फागुन २० गते हुने छ ।


संसद् सचिवालयद्वारा जारी सूचनामा निर्वाचित सांसदलाई शपथ ग्रहणका लागि उपस्थित हुन आग्रह गरिएको छ । प्रतिनिधिसभाका सदस्यहरुलाई ज्येष्ठ सदस्यले शपथ गराउनेछन् । दुवै सभाको शपथग्रहण समारोह अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हुने संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले बताए ।


प्रतिनिधिसभाको शपथग्रहण फागुन २० गते अपराह्न ४ बजे हुनेछ । यस्तै राष्ट्रियसभाको सपथग्रहण समारोह अपराह्न ५ बजे हुनेछ । त्यसको १ घण्टाअगावै राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा निर्वाचन आयोगको प्रमाणपत्रसहित उपस्थित हुन संसद् सदस्यहरूलाई सचिवालयले आग्रह गरेको छ ।

त्यस्तै कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहे त्यस्तोे सदस्यले शपथको व्यहोरा तीन दिनअघि नै आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित संघीय संसदको सचिवालयमा उपलब्ध गराउन आग्रह गरिएको छ ।