राजनीति

भिडियो

कभर स्टोरी

एमालेका युवा नेता गोपाल वम भन्छन्ः ६ नम्बर प्रदेशले सिंगो देश पाल्छ अब (भिडियो)

'पर्यटनबाटै समृद्धि सम्भव छ, यसकारण'

सोमबार, ०७ फागुन २०७४ गते प्रकाशित
- नेपाल आज (RP)

एमालेका युवा नेता गोपाल वम भन्छन्ः ६ नम्बर प्रदेशले सिंगो देश पाल्छ अब (भिडियो)

काठमाडौं । नेकपा एमालेका युवा नेता गोपाल बहादुर वम सम्भवतः पर्यटनमन्त्री पदको दावेदार हुन् । पर्यटकीय जिल्ला मुगुबाट प्रतिनिधिसभामा विजयी भएपछि नै उनलाई भावी पर्यटन मन्त्रीको रुपमा ब्याख्या गरिएको छ ।

 

पर्यटन विषयमा विज्ञको रुपमा चिनिने वमले नेपालको पर्यटन क्षेत्र नै समृद्धिको आधार हुने तर्क गरेका छन् । नेपालआजले हालै उनीसँग गरेको एक अन्तरवार्तामा समृद्धि र विकास पर्यटन क्षेत्रबाटै सम्भव भएको बताउँछन् ।

">


पश्चिमको पर्यटन

नेपालको पश्चिम क्षेत्र पर्यटकीय दृष्टिले आकर्षक मानिन्छ । सुविधाको हिसावले भने वर्षौँदेखि पछि पारिएको क्षेत्र हो ।

 

गोपाल वमका अनुसार प्रदेश नम्बर ६ को विकास गरियो भने सिंगो मुलुकले मुहार फेर्नेछ । यसका लागि आगामी सरकारले पनि नयाँ योजना ल्याउनुपर्ने उनको भनाइ छ ।

 

नेपाललाई हरेक हिसावले पर्यटनको केन्द्र बनाउन सकिने विश्वास उनको छ । विश्वभर प्राकृतिक र सांस्कृतिक दृष्टिले आकर्षक भए पनि नेपाल पछि परेको उनको गुनासो थियो ।

 

यद्यपि विश्वभरका पर्यटकलाई नेपाल हेर्न ल्याउन सम्भव रहेको उनले बताए । साथै नेपाल भित्रिने विदेशी पर्यटकको संख्या दुई वर्षमै ३ गुणा बढाउन सकिने पनि उनले बताएका छन् ।