कला साहित्य

मिठा मिठा सपना देख्ने रात प्यारो लाग्छ

आइतबार, ०६ फागुन २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

मिठा मिठा सपना देख्ने रात प्यारो लाग्छ

गजल

मुस्कुराउँदै कुरा गर्ने बात प्यारो लाग्छ
जोडेपछि नछुटिने साथ प्यारो लाग्छ

 

गल्ति हुन्छ कहिले काहीँ नजानिँदो पाराले
सच्याएर हौसला दिने हात प्यारो लाग्छ

 

सुख-दु:ख बराबरी लुकेका छन् नयन भरी
मिठा मिठा सपना देख्ने रात प्यारो लाग्छ

 

धन सम्पत्ती भन्ने कुरा आज न भोली हुन्छ
माया नै मायाले भरिएको काख प्यारो लाग्छ