खेल

नेपालको सनसनीपूर्ण जीत, अब विश्वकप छनोटका लागि खेल्ने

करण केसीकाे उत्कृष्ट ब्याटिङले अन्तिम बलमा जितायाे

नेपालको सनसनीपूर्ण जीत, अब विश्वकप छनोटका लागि खेल्ने

नामिबियामा भइरहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को अन्तिम लिग खेलमा क्यानडाविरूद्ध नेपाल विजयी भएकाे छ ।

 

खेलकाे अन्तिम बलमा जितकाे लागि एक रन बाँकी रहँदा करण केसीले रन लिँदै नेपाललार्इ एेतिहासिक जित दिलाएका हुन् । यसका साथै वान डे विश्वकप छनाेटमा पनि पर्न सफल भएकाे छ । 

 

अन्तिम विकेटकाे लागि करण केसीले ३१ बलमा नटअाउट ४२ रन बनाउँदै नेपाललार्इ जित दिलाए । उनले ४ छक्का र ३ चाैका प्रहार गर्दै नेपाललार्इ अन्तिम बलमा जित दिलाए ।  

 

नेपालले निर्धारित ५० अाेभरमा ९ विकेट गुमाउँदै १९५ रन बनाउन सफल भयाे । 

 

जवाफि ब्याटिङमा उत्रेकाे नेपालकाे सुरूवात खराब रह्याे । कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर जस्ता खेलाडी सस्ताेमै समेटिए पछि नेपाली ब्याटिङ लाइन खस्केकाे थियाे ।

 

नेपालकाे लागि अाेपनर दिलिप नाथले सर्वाधिक ४१ रन बनाए । त्यस्तै १५ वर्षीय पाैडेलले २७, अारिफ शेखले २६ रन, दिपेन्द्र सिंह एेरीले १८ तथा करण केसीले  नटअाउट ४२ रन बाहेक अन्यले दाेहाेराे अंक जाेड्न सकेनन् । क्यानडाकाे लागि पर्वेजले सर्वाधिक तीन विकेट लिए । त्यस्तै साद बिन जफर तथा निखिल दत्तले दुर्इ तथा धिन्दसाह र हेलिगरले एक–एक विकेट लिए ।

 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १९४ रनको योगफल बनाएकाे थियाे । 

 

क्यानडाको लागि सुरुवाती व्याट्सम्यान श्रीमन्था विजेयरत्नेले सतकीय प्रहार गरे । १५२ बल प्रहार गरेका उनले ८ चौकाको मद्वतमा अजिजित १०३ रन जोडेका हुन् । त्यस्तै क्यानडाको अर्का व्याट्सम्यान हम्जा तारिकले २४ रन तथा सादविन जाफरले १० रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । 

 

बलिङतर्फ वसन्त रेग्मीले तीन विकेट लिए भने सन्दिप लामिछानेले २ तथा शरद भेषावकरले र करण केसीले एक एक विकेट लिए ।

 

प्रतियोगिताको शीर्ष दुई स्थानमा रहँदै वान डे विश्व कप छनोट खेल्न टोलीका लागि आजको जित महत्वपूर्ण थियाे ।