राजनीति

मुख्य समाचार

कांग्रेसबाट समानुपातिक सांसद पुराना नेता र व्यापारी धेरै

मङ्गलबार, ०१ फागुन २०७४ गते मा प्रकाशित

nepali-congress-default-02-nepalaaja

काठमाडौँ । कांग्रेसले प्रतिनिधिसभा समानुपातिकतर्फ सांसदको नाम टुंगो लगाएको छ । कांग्रेसले क्लस्टर मिलाउँदै २० पुरुष र २० महिलाको नाम पठाएको हो । आयोगले शुक्रबार सोमबारसम्मको म्याद दिएर नाम पठाउन दलहरूलाई पत्राचार गरेको थियो ।


कांग्रेसले आयोगमा बुझाएको सूचीमा कोषाध्यक्षसहित १५ जना केन्द्रीय सदस्य छन् । मधेसी महिलाबाट कोषाध्यक्ष सीतादेवी यादव र पूर्वकोषाध्यक्ष चित्रलेखा यादव परेका छन् ।

 

त्यस्तै, खस आर्य पुरुषबाट बालकृष्ण खाण, दिलेन्द्र बडू, किशोरसिंह राठोर, दलित पुरुषबाट मानबहादुर विश्वकर्मा र मीन विश्वकर्मा, आदिवासी जनजाति पुरुषबाट बहादुरसिंह लामा, थारू महिलाबाट पार्वती डिसी चौधरी छन्, नयाँ पत्रिकामा खबर छ ।

 

त्यस्तै, मुस्लिम पुरुषबाट अतहर कमाल मुसलमान, खस आर्य महिलाबाट सुजाता कोइराला, पुष्पा भुसाल, डा. डिला संग्रौला तथा दलित महिलाबाट सुजाता परियार र लक्ष्मी परियार परेका छन् ।

 

नौ जना नयाँ अनुहार
कांग्रेसले नौजना नयाँ अनुहारलाई सांसद बनाएको छ । सांसदको सूचीमा परेका नयाँ अनुहारमा खस आर्य पुरुषबाट केन्द्रीय सदस्य किशोरसिंह राठोरसहित सत्यनारायण खनाल र सूर्यबहादुर केसी, आदिवासी जनजाति पुरुषबाट कर्मा घले, लालकाजी गुरुङ र दिव्यमणि राजभण्डारी छन् ।

त्यस्तै, दलित पुरुषबाट प्रकाश रसाइली, थारू महिलाबाट नमिलाकुमारी चौधरी, खस आर्य महिलाबाट पार्टी केन्द्रीय सदस्य डा. डिला संग्रौला परेका छन् ।

यी हुन् छानिएका सांसद


- खस–आर्य (पुरुष) : बालकृष्ण खाण, दिलेन्द्र बडू, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, मोहन पाण्डे
- आदिवासी जनजाति (पुरुष) : बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा, दिव्यमणि राजभण्डारी
- दलित (पुरुष) : मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, प्रकाश रसाइली,
- मधेसी (पुरुष) : विनोद चौधरी, स्मृतिनारायण चौधरी, नगेन्द्रकुमार राय
- थारू (पुरुष) : पद्मनारायण चौधरी
- थारू (महिला) : पार्वती डिसी चौधरी, नमिताकुमारी चौधरी
- मुस्लिम (पुरुष) : अतहर कमल मुसलमान,
- मुस्लिम (महिला) : सर्वत आरा खानम
- महिला (खस–आर्य) : सुजाता कोइराला, पुष्पा भुसाल, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी, दीपशिखा शर्मा ढकाल
- महिला (जनजाति) : ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ, मीना सुब्बा
- महिला (दलित) : सुजाता परियार, लक्ष्मी परियार, विमला नेपाली
- महिला (मधेसी) : सीतादेवी यादव, चित्रलेखा यादव, मीनाक्षी झा