मनोरञ्जन

बबी देवललाई सलमान खानको साथ

मङ्गलबार, ०१ फागुन २०७४ गते प्रकाशित
- Bishow

बबी देवललाई सलमान खानको साथ

काठमाडौं । पछिल्लो पटक फिल्म क्षेत्रबाट टाढा रहेका नायक बबी देवललाई सलमान खानले साथ दिएका छन् । केही समय पहिले डिपे्रशनमा रहेका बबी चलचित्र ‘रेस ३’ बाट कमब्याक गरिरहेका छन ।

 

फिल्म ‘रेस ३’ को छायांकन सकिन नपाउँदै देवलले अर्को फिल्ममा पनि काम गर्ने अवसर पाएका छन् । सलमान खानले बबीलाई उनको आगामी फिल्म ‘भारत’मा पनि काम दिने कुराको चर्चा चलेको भारतका सञ्चार माध्यमहरुले बताएका छन् ।

 

बबी देवललाई फिल्म ‘रेस ३’ मार्फत कमब्याक गराइरहेका सलमान खान बबीको करिअरलाई माथि उठाउनका लागि अर्को जिम्मेवारी लिन खोज्दै गरेको बुझिएको छ ।


‘रेस ३’ मा बबीको कामबाट सलमान निकै प्रभावित भएका छन् । त्यसैले सलमानले बबीलाई उनको अर्को फिल्म ‘भारत’ पनि लिन चाहेका हुन् ।  सलमानले बबीलाई उनको फिल्म ‘भारत’मा काम गर्ने भनेर सोधेका थिए ।

 

बबीले पनि सलमानको लागि जुनसुकै भूमिकामा काम गर्न राजी भएको कुरा बताएका छन् । हाल फिल्म निर्माताहरुबीच फिल्ममा बबीको लागि कार्यतालिकामा चर्चा भइरहेको छ । सलमानको फिल्म भारत २०१९ को इदको अवसरमा प्रदर्शन हुने छ ।