मनोरञ्जन

आँचललाई पाउन पल शाह अनसनमा (भिडियोसहित)

मङ्गलबार, ०१ फागुन २०७४ गते मा प्रकाशित

Paul-shah aa

काठमाडौं । आँचल शर्मा र पल शाहको जोडी दर्शकले एकदमै रुचाएको जोडी मध्येको एक हो । धेरै कार्यक्रममा सँगै देखिने पल र अाँचललाई एक साथ भएको हेर्ने धेरैको चाहाना रहेको छ ।

 

अाँचलको मन जित्न नसकेपछि पलले आमरण अनसन राखेर आँचललाई आफ्नो बनाउने कोशिस गरेका छन् । यो कथा गायक शिव परियारको हालै सार्वजनिक गीतको हो । ‘हल्ला हल्लामै माया’ बोलको गीतमा पल र आँचलको अभिनय हेर्न सकिन्छ ।


यसपटकको प्रेम दिवस लाई लक्षित गरी सार्वजनिक गरिएको यस गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् । ‘शिवालय’ एल्बममा समावेश यस गीतना नारद निठुरीका शब्द तथा आशिष अविरलको संगीत रहेको छ ।

 

गीतको भिडियोलाई अनिल के. मानन्धरले छायांकन गरेका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

">