मनोरञ्जन

‘पसिना’को गीत सार्वजनिक, यस्तो बन्यो भिडियो

मङ्गलबार, ०१ फागुन २०७४ गते प्रकाशित
- Bishow

‘पसिना’को गीत सार्वजनिक, यस्तो बन्यो भिडियो

काठमाडौं ।  हिन्दुहरूको महत्वपूर्ण पर्व महाशिवरात्रीको दिनलाई शुभ साइत मान्दै फिल्म ‘पसिना’ को पहिलो गीत रिलिज भएको छ । ‘हावा चल्यो सिरिरि’ बोलको गीतमा नायक गौरव पहारी र नायिका अनु शाह फिचरिङ छन् । गीतमा अनुलाई गौरवले आफ्नो पार्वती बन्न आग्रह गरेका छन् ।



श्रमिकहरुको पीडा बोल्ने यो फिल्म बैशाख १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । नन स्टप क्रियशनको ब्यानरमा निर्मित ‘पसिना’ मा शान्ता ढकाल र इन्जिनियर सञ्जय महत्तोको लगानी रहेको छ ।



फिल्ममा गौरव र अनुका अलावा सरोज खनाल, रबि गिरी, धुव्र कोइराला, जयनन्द लामा, सरोज अर्याल, सृजना अधिकारी लगायतको मुख्य भूमिका हेर्न सकिन्छ । राजनराज सिवाकोटी, थिराज राई र दिपक शर्माको संगीत रहेको फिल्मलाई नबिन निरौलाले सम्पादन गरेका हुन् ।

">