मनोरञ्जन

वरुण र अनुष्काको यस्तो रुप !

मङ्गलबार, ०१ फागुन २०७४ गते प्रकाशित
- Bishow

वरुण र अनुष्काको यस्तो रुप !

काठमाडौं । बलिउड अभिनेता वरुण धवन र अभिनेत्री अनुष्का शर्माको नयाँ फिल्म ‘सुई धागा’ को फर्स्ट लुक सार्वजनिक भएको छ । वरुणले आफ्नो ट्विटर ह्यान्डलमार्फत फिल्मको फर्स्ट लुक शेयर गरेका छन् । तश्बिरमा अनुष्का र वरुण देखिएका छन् ।



फिल्मलाई शरत कटारियाले निर्देशन गर्दैछन् । फिल्मको कथा पनि उनी आफैंले लेखेका हुन् । अहिले फिल्मको सुटिङ मध्य प्रदेशमा भइरहेको छ । यो फिल्म यस वर्षको २८ सेप्टेम्बरमा रिलिज हुँदैछ । पहिलो पटक वरुण र अनुष्काले एकसाथ काम गरेका हुन् ।