समाज

मुख्य समाचार

छोरीको बिहेका लागि बैंकबाट ल्याएको पैसा आगाेमा जल्याे, २० लाखको क्षति

मङ्गलबार, ०१ फागुन २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

छोरीको बिहेका लागि बैंकबाट ल्याएको पैसा आगाेमा जल्याे, २० लाखको क्षति

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. १२ कुशाहामा सोमबार राति भएको आगलागीमा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीमा आधा दर्जनभन्दा बढी पशुचौपाया मरेका छन्।

स्थानीय मोहम्मद जलधर खानको गोठमा बालेको घुरबाट आगलागी सुरु भएको थियो। आगोले उनको १ घर र १ गोठ तथा छिमेकी मो. ममताज खानको १ गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीमा जलधरको ५ लाख नगद, अन्नपात, पशुचौपाया लगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा १५ लाख बराबरको क्षति भएको सप्तरीका डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।

फागुन २५ गते हुन लागेको छोरीको विवाहका लागि जलधरले बैंकबाट रकम निकालेर घरमा राखेको प्रहरीले जनाएको छ। यसैगरी मो. ममताजको गोठ, पशुचौपाया लगायत गरी ५ लाख मूल्य बराबरको क्षति भएको डिएसपी श्रेष्ठले बताए।

राजविराज नगरपालिकाको वारुणयन्त्र र स्थानीयवासीको सहयोगमा राति करिब साढे ९ बजे आगो नियन्त्रणमा आएको थियो।