विदेश

सडक दुर्घटनामा पाँचको मृत्यु, पाँच गम्भीर घाइते

सोमबार, २९ माघ २०७४ गते मा प्रकाशित

387718-road-accident

 

नयाँदिल्ली । भारतको उत्तराखण्ड राज्यमा एउटा सवारी साधन बाटोबाट तल खस्दा भएको दुर्घटनामा परी कम्तीमा पाँचको मृत्यु भएको छ । 

स्थानीय प्रहरीले सोमबार दिएको जानकारीअनुसार घटनामा परी अन्य पाँचजना घाइते भएका छन् । प्रान्तीय राजधानी देहरादुनबाट १५० किलोमिटर टाढा पर्ने पहाडी जिल्ला उत्तरकाशीमा दुर्घटना भएको बताइएको छ । 

प्रारम्भिक अनुसन्धानकाअनुसार चालकले नियन्त्रण गुमाएर सवारी साधन दुर्घटना भएको पाइएको छ, अत्यधिकगतिमा रहेको अर्को सवारी साधनलाई उछिन्न खोज्दा चालकले नियन्त्रण गुमाएको देखिएको एक वरिष्ठ प्रहरी अधिकारीले भने । 



उनकाअनुसार घटनास्थलमा पाँच जनाको शव भेटिएको छ भने अन्य पाँच जनालाई उपचारका लागि अस्पतालमा लगिएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । 

दुर्घटनामा परेको सवारी साधन लामगाउँबाट उत्तरकाशी जाँदै गरेको थियो । घटनाका बारेमा अनुसन्धान शुरु गरिसकिएको छ । चालकले अत्याधिक गतिमा हेलचक्र्यायई गरेर सवारी चलाएकाले दुर्घटना भएको बताइएको छ