खेल

केन्याले दियाे नेपाललार्इ १ सय ७८ रनकाे लक्ष्य, सन्दीपकाे करियरकै सार्वाधिक उत्कृष्ट प्रदर्शन

सोमबार, २९ माघ २०७४ गते प्रकाशित
- नेपाल आज (NP)

केन्याले दियाे नेपाललार्इ १ सय ७८ रनकाे लक्ष्य, सन्दीपकाे करियरकै सार्वाधिक उत्कृष्ट प्रदर्शन

अाइसिसि  विश्व क्रिकेट लिग डिभिजन २ अन्तरगत कन्याले नेपाललार्इ १ सय ७८ रनकाे लक्ष्य दिएकाे छ । अाज सोमबार नामिबियाको एन्डरर्स मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरे थियाे ।

 

पहिले ब्याटिङ गरेको केन्याले ५० ‌ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन जोड्यो । केन्याका लागि ओपनरद्वय इर्फान करिमले ४२ तथा एलेक्स ओबाडाले ४१ रनको योगदान दिए ।

 

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । सोमपाल कामी, बसन्त रेग्मी र शरद भेषावकरले १–१ विकेट हात पारे ।

 

आइसिसी विश्व क्रिकेट लिग डिभजन–२ अन्तर्गत केन्या विरुद्धको खेलमा नेपाली बलरकाे अहिलेसम्मकै उत्कृष्ट प्रदर्शनि गरेका छन् । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले लिस्ट ‘ए’ करिअरमा अहिलेसम्मकै उत्कृष्ट बलिङ गरेका हुन् । यसअघि उनको लिस्ट ए करिअरमा सर्वाधिक उत्कृष्ट प्रदर्शन १८ रन दिएर ४ विकेट लिनु थियो । यो प्रदर्शन यहि प्रतियोगिताको पहिलो खेलमा नामिबियाविरुद्ध गरेका थिए । 

 


यसअघिका खेलमा नेपालले नामिबिया र युएईलाई हराएकाे छ भने ओमानसँग हार बेहोरेको छ । कन्याले भने सुरूवाती दुवै खेल गुमाएर अाज नेपालसँग खेल्न लागेकाे हाे ।