राजनीति

भिडियो

रिमालको टिप्पणीः एमालेको तल्लो तहसम्म कार्यकर्ता छन् प्रचण्ड त एक्लै छन् (भिडियो)

प्रचण्डले त भारतलाई नै प्रयोग गरे

सोमबार, २९ माघ २०७४ गते मा प्रकाशित

hariram-rimal-new-int-0101

काठमाडौं । वाम एकता अझै टुंगो लागेको छैन । नेकपा एमाले र माओवादी केन्द्रका मुख्य नेताहरु यही विषयमा भेटवार्ता जारी राखेका छन् ।

 

दुई दलका नेताहरुले वाम एकताको विकल्प नै नरहेको बताउँदैआएका छन् । यद्यपि दुई पार्टीभित्र पदीय भागबन्डाका कारण एकता अभ्यास प्रक्रिया लम्बिएको टिप्पणी हुँदैआएको छ ।

 

यही विषयमा राजनीतिक विश्लेषक तथा टिप्पणीकार हरिराम रिमालसँग नेपालआजको बहस भएको छ । रिमालले वाम एकता प्रक्रिया र यसका प्रभावबारे खुलेर ब्याख्या गरेका छन् ।

 

वाम एकता अब छिट्टै हुने उनको बुझाइ छ । केही अल्झन भनिए पनि पदीय ‘बार्गेनिङ’का कारण ढिलो हुनगएको रिमालले बताएका छन् ।

 

प्रचण्ड डाइनामिक नेता

प्रचण्डको पछिल्लो भुमिकालाई ‘ढुलमुले’ भनी आलोचना भए पनि प्रचण्ड डाइनामिकङ नेता रहेको उनले बताएका छन् । प्रचण्डले केपी ओलीलाई जटिल अवस्थामा पनि साथ दिएको रिमालले बताए ।

 

प्रचण्डको पछिल्लो भुमिकाकै कारण देशले निकास पाएको उनले भनेका छन् । संविधान जारी, निर्वाचन गर्ने काममा समेत प्रचण्डको भुमिका मुलुकका लागि महत्वपूर्ण सावित भएको उनको तर्क छ ।

 

प्रचण्डको त्यस्तो प्रबृत्तिलाई ‘छेपारे प्रबृत्ति’ भने पनि मुलुकको लागि लाभ भएको उनले बताए । साथै केही अवस्थामा प्रचण्डले नै भारतलाई समेत प्रयोग गरिरहेको रिमालको टिप्पणी छ ।

 

एमाले बलियो माओवादी कमजोर

एकताका लागि एमाले बलियो पार्टी भएर पनि प्रचण्डसँग डराइरहेको उनको बुझाइ छ । तर एमालेका तल्लो तहसम्म कार्यकर्ता भएकाले माओवादीसँग डराउनुको कारण आफूले बुझ्न नसकेको उनले बताए ।

 

बरु माओवादीमा प्रचण्ड ‘एक्लो नेता’ भएकाले प्रचण्डसँग डराउनु एमालेहरुकै कमजोरी रहेको रिमालको टिप्पणी छ । उनले भने, ‘एमालेका साथीहरु ीकन प्रचण्डसँग डराउँदै हुनुहुन्छ मैले बुझेकै छैन । मज्जाले एकता गरे हुन्छ ।’

(रिमाल नेपालआजका नियमित टिप्पणीकार हुन् ।)