समाचार

खेल

Breaking News

नेपालले टस जितेर केन्याविरुद्ध पहिले फिल्डिङ गर्दै  नेपालकाे बलिङमा खराव सुरुवात

सोमबार, २९ माघ २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

नेपालले टस जितेर केन्याविरुद्ध पहिले फिल्डिङ गर्दै  नेपालकाे बलिङमा खराव सुरुवात

 

२९ माघ, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को आफ्नो चौथो खेलमा नेपालले केन्याविरुद्ध पहिले फिल्डिङ रोजेको छ ।


नामिबियाको विन्डहकमा हुने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्न लागेको हो ।

नेपालले यसअघि भएका तीन खेलमा दुईवटामा जीत र एउटामा हार ब्यहोरेको छ । नेपालले नामिबिया र युएईलाई पराजित गर्‍यो भने ओमानसँगको खेल गुमायो ।

नेपाल र केन्याबीच यसअघि विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत दुई म्याच भएका थिए । काठमाडौंमा भएको दुई म्याचमध्ये नेपालले एक जित र एक हार व्यहोरेको थियो ।
अहिले केन्या र नेपाल बिच खेल चलिरहेकाे छ। टस हारेर पहिले ब्याटिङ को निम्तो पाएको केन्याले अहिले ब्याटिङ गरीरहेको छ। १३ ओभरको समाप्तिमा केन्याले बिना विकेट को क्षतिमा ४६ रन जोडेको छ। नेपालले आज बलिङमा निकै खराब प्रदसन गरिरहेको छ ।