अर्थ

कति छ आज सुनको मूल्य ?

सोमबार, २९ माघ २०७४ गते मा प्रकाशित

gold

आज बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ बृद्धि हुँदै प्रतितोला ५७ हजार रुपैयाँ पुगेको छ ।  हिजो सुन प्रतितोला ५६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

आज चाँदीको मूल्यमा भने कुनै फेरबदल भएको छैन । आज पनि चाँदी प्रतितोला सात सय ३५ रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।