समाचार

ताजा खबर

अपराध सुरक्षा

जनकपुरमा एक बालकको अपहरण

आइतबार, २८ माघ २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

जनकपुरमा एक बालकको अपहरण

माघ २८ काठमान्डाै । शनिबार जनकपुरमा एक बालकको अपहरण भएको छ। अपहरणमा परेको चार घण्टाभित्रै सिरहा प्रहरीले एक बालकलाई सकुशल उद्धार गर्न सफल भएको छ भने अपहरणमा संलग्न एक युवकलाई पक्राउ गरेको छ ।

शनिबार दिउँसो ३:३० बजेतिर सिरहाको धनगढीमाई नगरपालिका–११ निवासी १४ वर्षीय आशिषराय कुर्मी अपहरणमा परेका थिय । कुर्मी लार्इ शनिबार साँझ ७:३० बजेतिर प्रहरीले धनुषाको जनकपुर उपमहानगरपालिका २४ बाट मुक्त गराउन सफल भएको हो ।

उक्त अपहरणमा संलग्न भएकाे आरोपमा जनकपुर उपमहानगरपालिका–२४ निवासी मनोज महतो लौनियाँलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक गणेश ठकुरीले जानकारी दिए।

बालकको अपहरण भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनुषा प्रहरीसँग समन्वय गरी बालक कुर्मीलाई सकुशल उद्धार गराउन सफल भएको प्रहरी नायब उपरीक्षक ठकुरीले बताए।