समाचार

संविधान कार्यान्वयनमा कसैको बिमति छैन– ओली

आइतबार, २८ माघ २०७४ गते मा प्रकाशित

kp oli

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब संविधान कार्यान्वयनमा कसैको बिमति नरहेको दाबी गरेका छन् । नेपाल व्यवस्थापन संघको ३७ औं अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले निर्वाचनमा हार्ने र जित्ने सबै पक्ष संविधान कार्यान्वनको पक्षमा रहेकाले अब कुनै शंका नगर्न आग्रह गरे ।

 

नयाँ सरकार गठनको प्रकृया अघि बढिसकेको भन्दै उनले अबको सरकार जनताप्रति पूर्ण उत्तरदायी हुने दाबी गरे । अध्यक्ष ओलीले दिगो व्यवस्थापनले नै संघीय संरचनालाई बलियो बनाउन मद्दत पु¥याउने भन्दै स्थानीय तहको आर्थिक रुपान्तरण गर्नु आवश्यक भएको बताए ।