मनोरञ्जन

अमिताभ बच्चन र ऋषि कपूर को यस्तो रुप (भिडियो सहित)

आइतबार, २८ माघ २०७४ गते मा प्रकाशित

amitabh and rishi

अमिताभ बच्चन र ऋषि कपूर २७ वर्ष पछि फेरी एक साथ दर्शक सामु आएका छन् । चलचित्र ‘१०२ नट आउट’मा उनीहरु एकसाथ देखिने भएका हुन् । चलचित्र ‘अमर अकबर एन्थनी’ मा अमिताभ र ऋषि दाजुभाइको रुपमा दर्शक माझ आएका थिए ।

 

चलचित्र ‘१०२ नट आउट’ मा भने यो जोडीलाई पिता र पुत्रको भूमिकामा दर्शकहरुले हेर्नेछन । चलचित्रमा अमिताभ बच्चन ऋषि कपूरको पिताको भूमिकामा देखिनेछन ।

 

यो फिल्ममा १०२ वर्ष उमेर भएर पनि निकै सकारात्मक जीवन बिताउने पिता र पिताभन्दा आधा उमेरको पुत्रको जीवन प्रतिको निराशपनलाई चित्रण गरिएको छ । अमिताभ र ऋषिलाई एकसाथ हेर्नका लागि दर्शक निकै उत्साहित छन् ।

 

चलचित्र ‘१०२ नट आउट’ को टीजर सार्वजनिक भैसकेको छ । चलचित्रको टीजरले दर्शकको चलचित्रप्रतिको उत्साह झनै बढाएको छ ।


चलचित्रको टीजर–

">