यौन-शिक्षा

यौन क्षमता बढाउने सोचमा हुनुहुन्छ ? यसो गर्नुहोस

आइतबार, २८ माघ २०७४ गते मा प्रकाशित

sex

यौन क्षमता बढाउने औषधी आफ्नै घर वरपर निःशुल्क रुपमा पाइन्छ । आयुर्वेदमा सेक्ससँग जोडिएका बिभिन्न समस्याको उपचार पुर्खौदेखि नै हुदै आएको छ ।

 

रोमन सभ्यतामा पनि मसलाको प्रयोगबाट सेक्स क्षमता बढाउने गरेको पाइएको छ । ठूलो इलायची, इलायची, ल्वाङ्ग, दालचीनी र कालो मरिच जस्ता मसलाको सन्तुलित सेवनले सेक्सको शक्ति बढाउँछ ।

 

त्यसैले पनि यिनैको सुगन्धको प्रयोग धेरै एरोटिक परफ्यूम बनाउन प्रयोग हुन्छ । ज्वानोको दाना नियमित रुपमा सेवन गरे सेक्सको इच्छा शक्ति बढ्छ ।

 

एक गिलास दूधमा कालो मरिचको पाउडर र बदाम मिलाएर सत्नुभन्दा अघि सेवन गरेमा पनि यौनको इच्छा बढाउन सहयोग हुन्छ । महमा कालो मरिच मिलाएर सेवन गरेमा पनि यौन शक्ति बढ्छ ।

 

यसले चिसोबाट पनि बचाउँछ । अश्वगंधा, रातो चन्दन, ल्वाङ्ग, सिधे नूनलाई बराबर मिलाएर खाएमा पनि शरीरलाई उत्तेजक बनाउछ र लामो समयसम्म यौन सम्पर्क राख्न सकिन्छ ।

 

अर्जुन रुखको सेतो बोक्रालाई धूलो बनाइ दूधमा मिलाएर रातिमा सेवन गरेमा कामेच्छा बढ्ने गर्दछ । यो पाउडर आयुर्वे्दिक औषधि पसलमा पनि पाइन्छ ।