मनोरञ्जन

‘दर्पण छायाँ २’ ट्रेन्डिङ नम्वर एकमा (भिडियो सहित)

आइतबार, २८ माघ २०७४ गते प्रकाशित
- Bishow

‘दर्पण छायाँ २’ ट्रेन्डिङ नम्वर एकमा (भिडियो सहित)

काठमाडौं । ‘दर्पण छायाँ २’ युट्युवमा सार्वजनिक भए सँगै धेरैले फिल्म हेरीरहेका छन् । फिल्म सार्वजनिक प्रदर्शनीमा सोचे अनुरुप सफल व्यापार नगरेपनि तुलसी घिमिरे निर्दे्शित यो फिल्मले युट्युवमा भने धेरै सफल्ता हात पारेको छ ।

 

फेब्रुअरी ८ तारिखमा अपलोड गरिएको फिल्मले ७ लाख ६० हजार बढी भ्युज कमाउँदै ट्रेन्डिङ नम्वर एकमा पर्न सफल भएको छ । यसअघि फिल्म ‘जात्रा’ युट्युवको ट्रेन्डिङ नम्वर एकमा रहेको थियो ।


‘दर्पण छायाँ २’ मा पुष्प खड्का, सारा कार्की, फिरोज तिमल्सिना, श्रद्धा प्रसाईं लगायत युवा कलाकारहरुको मुख्य भूमिका रहेको छ । फिल्मले साँगीतिक प्रेम कहानी बोकेको छ ।

पुरा फिल्म हेर्नुस् -

">