अर्थ

कति छ आज सुनको मूल्य ?

आइतबार, २८ माघ २०७४ गते प्रकाशित
- Bishow

कति छ आज सुनको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा कुनै घटबढ् भएको छैन । आज पनि सुनको मूल्य प्रतितोला ५६ हजार आठ सय रुपैयाँ नै छ । शुक्रबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

 

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला सात सय ३५ रुपैयाँमा नै छ । शुक्रबार पनि चाँदी यही मूल्यमा खरिद विक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।