मनोरञ्जन

कस्तो छ ‘प्याडम्यान’को व्यपार ?

आइतबार, २८ माघ २०७४ गते मा प्रकाशित

Padman

काठमाडौं । अक्षय कुमारको फिल्म ‘प्याडम्यान’ गएको शुक्रवारबाट विश्वभर एकसाथ प्रदर्शनमा आएको छ । फिल्मको कन्टेन्टलाई दर्शकले अत्याधिक रुचाएका छन् । एकपछि अर्को फिल्मबाट बक्सअफिसमा राज गरिरहेका अक्षयको यो फिल्मले पनि प्रदर्शनको दुई दिनमा जर्बजस्त कलेक्सन गर्न सफल भएको छ ।

 

ट्रेड एनालिस्ट तरण आदर्शले सोसल मिडियामार्फत फिल्मको दुई दिने कलेक्सन रिपोर्ट सार्वजनिक गरेका छन् । पहिलो दिन १० करोड २६ लाख कमाएको यो फिल्मले दोस्रो दिन १३ करोड ६८ लाख कमाई गरेको छ । दुई दिनमा फिल्मले कूल २३ करोड ९४ लाख कलेक्सन गरेको छ । 

 

फिल्ममा अक्षय कुमार, राधिका आप्टे र सोनम कपूर मुख्य भूमिकामा छन् । राधिका, अक्षयकी श्रीमती बनेकी छिन् । फिल्ममा अक्षय स्यानेटरी प्याड बनाउने मेशिन बनाउँछन् ।

 

जसबाट सस्तो मूल्यमा गाउँका महिलाहरुले स्यानेटरी प्याड प्राप्त गर्न सक्छन् ।  यो फिल्मका निर्देशन आर बाल्की हुन् । फिल्मलाई अक्षयकी श्रीमती ट्विंकल खन्नाले निर्माण गरेकी हुन् ।