विदेश

११ वर्षीया बालिकाले बच्चा जन्माइन्, बाबु बने १४ वर्षीय दाई

शनिबार, २७ माघ २०७४ गते मा प्रकाशित

Spain-hospital

एजेन्सी । स्पेनमा एक ११ वर्षीया बालिका बिरामी भइन् । उनले पेट दुख्यो भनेपछि अभिभावकले अस्पताल पुर्‍याए ।

 

जब अस्पतालमा सामान्य जाँचपछि चिकित्सले बालिकालाई बर्थिङ रुममा पठाए, अभिभावक तीनछक परे । बर्थिङ सेन्टरबाट एकछिनपछि खबर आयो- बालिकाले बच्चा जन्माइन् ।

 

घटनाको अनुसन्धान गर्दै जाँदा झन रोचक तथ्य फेला पर्‍यो । ११ वर्षीया बालिकाको आफ्नै १४ वर्षीया दाईसँग यौन सम्पर्क हुने गरेको रहेछ । बालिकाले दाईसँग यौनसम्पर्क हुने गरेको तर, यसबाट बच्चा जन्मिने भन्ने कुरा आफूलाई जानकारी नभएको बताइन् ।

 

डेली मेलका अनुसार बालिका र शिशु दुवै स्वस्थ रहेको जनाइएको छ । बालिकाको आरोप पुष्टि गर्न डिएनए परीक्षणको प्रक्रिया अगाडि बढाइएको छ ।

 

कानुनको अभावमा बहिनीलाई गर्भवती बनाउने दाईलाई भने कारबाही नहुने भएको छ । स्पेनमा बालबालिकालाई कुनै आपराधिक मुद्दा चलाउन पाईंदैन । बहिनीलाई गर्भवती बनाउँदा ती बालक केवल १३ वर्षको भएको बताइएको छ ।