विदेश

ताजा खबर

उत्तर कोरियाली शासककी बहिनी दक्षिण कोरियामा

शनिबार, २७ माघ २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

उत्तर कोरियाली शासककी बहिनी दक्षिण कोरियामा

काठमाडौं  । उत्तर कोरियाली शासक किम जोङ–उनकी बहिनी किम यो–जोङ दक्षिण कोरिया भ्रमणमा गएकी छिन् । उनी शुक्रबारबाट सुरु भएको शीतकालिन ओलम्पिकको उद्घाटन समारोहमा सहभागि हुन दक्षिण कोरिया गएकी हुन् । 

 

किम यो–जोङ पूर्व उत्तर कोरियाली शासक किम जोङ–इलकी कान्छी छोरी हुन् । गत वर्ष मात्रै उनलाई पोलिटब्यूरोमा समावेश गरिएको थियो । 
किम यो–जोङ र किम जोङ–उन एकै आमाका सन्तान हुन् । 

 

किम जोङ–उन र उनीभन्दा चार वर्ष कान्छी किम यो–जोङले स्विटजरल्याण्डमा  एक साथ अध्ययन गरेका थिए । कारियाली शासक दाईको छवि सुधारका लागि काम गर्दै आएकी किम यो–जोङ पार्टीको प्रोपगण्डा विभागमा अहम् भूमिका निभाउँदै आएकी छिन् । यद्यपी उनलाई अमेरीकाले मानवअधिकार हनन् गरेको दाबी गर्दै प्रतिवन्ध लगाएको छ ।

 

उनी किम परिवारबाट सीमा पार गरेर दक्षिण कोरिया भ्रमणमा जाने पहिलो सदस्य समेत बनेकी छिन् ।