समाचार

समाज

ताजा खबर

अर्थ

मुख्य समाचार

देश

प्रविधि

चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन ३० मेगावाट विद्युत जोडियो राष्ट्रिय प्रसारणमा लाइनमा ।

शनिबार, २७ माघ २०७४ गते मा प्रकाशित

chameliya-1

दार्चुला । चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन भएको छ । शनिबार आयोजना स्थलमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउबाले आयोजनाको उद्घाटन गरे ।

योसँगै ३० मेगावाट विद्युत पनि राष्ट्रिय प्रशारण लाइनमा थपिएको छ । दार्चुलाको शिखर बलाँचमा रहेको उक्त आयोजनाको १५/१५ मेगावाट क्षमताका दुईवटा युनिट छन् ।

पुस २८ गते पहिलो युनिटबाट १५ मेगावाटको विद्युत् उत्पादन थालेर राष्ट्रिय प्रशारण लाइनमा जोडिएको थियो भने माघ १७ बाट अर्काे युनिटको विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।

सन् २००७ सालदेखि निर्माण कार्य थालेको आयोजनाल सम्पन्न गर्न पहिलो पटक गरेको सम्झौता भन्दा झण्डै ६ वर्ष पश्चात् ३० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । यो समयमा निर्माण लागत बढ्दा र सम्भाब्य बिजुली उत्पादन नहुँदा प्राधिकरणलाई कराडौंको नोक्सानी भयो ।

चमेलिया जलविद्युत आयोजनाको निर्माण सन् २००७ देखि सुरु भएको थियो यो आयोजनाको सिभिल निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी)ले पाएको थियो ।आयोजनाको हेडवर्क्स लटिनाथ गाविसमा पर्दछ । त्यहाँ चमेलिया नदीलाई बाँध बाँधेर पानीलाई दुईवटा इन्टेकबाट डिसेल्टिङ बेसिन (बालुवा थिग्राउने पोखरी)मा जम्मा गरिएको छ ।

त्यहाँ संग्लिएको पानी मुख्य टनेलमा जान्छ ।
त्यसबाट फेरि पेन स्टक र बाइसर्केसन पाइप हुँदै दुईवटा युनिटमा पानी बाँडिन्छ । सो पानी पावरहाउसको टर्बाइनसम्म पुग्छ र ३० मेगावाट बिजुली उत्पादन हुन्छ ।पावरहाउस भने हेडवर्क्सभन्दा ६ किलोमिटर टाढा शिखर गाविसको बलाँच भन्ने स्थानमा छ । हेडवर्क्सबाट पाँच डायमिटरको ८४३ मिटर लामो सुरुङ खनेर पावर हाउससम्म पानी लगिएको छ ।

६११ मिटर सुरुङ खनिसकेका बेला २३२ मिटर क्षेत्रमा चमेलियाको सुरुङ खुम्चिएको थियो । त्यसलाई मर्मत गर्दा १ अर्ब ९ करोड रुपैयाँ थप खर्च लाग्ने निष्कर्ष इञ्जिनियरसहितको टोलीले निकालेको थियो ।

तर, संसदको सार्बजनिक लेखा समितिले भेरियसनमा भ्रष्टाचार भएको भन्दै वीचैमा काम रोक्न निर्देशन दियो । यो कुरा थाहा पाएपछि चिनियाँ ठेकेदारले रकम नपाए काम नगर्ने भन्दै काम रोकेका थिए ।
सन् २०१५ को फेब्रुअरी १० देखि बन्द भएको सुरुङ मर्मतको काम सन् २०१६ को सेप्टेम्बर २८ बाट फेरि सुरु भयो ।

जनार्दन शर्माले ऊर्जा मन्त्री र कुलमान घिसिङले प्राधिकरण्को नेतृत्व सम्हालेपछि समस्यामा अल्भिmएको आयोजनालाई तीव्रता दिन सहजीकरण गरेका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैं निर्माणस्थलमा पुगेर समयमै काम सक्ने निर्देशन दिएका थिए ।
उद्घाटन समाहोहमा घिसिङले चमेलिया जलविद्युत आयोजनाले उत्पादन थालेसँगै ग्राहकलाई गुणस्तरीय विद्युत उपलब्ध गराउन सहज हुने बताए ।

उनले विद्युतको प्रणाली सञ्चालनका लागि समेत यसले मद्दत पुर्‍याउने बताएका छन् । यस आयोजनाको निर्माणले यस क्षेत्रमा भौतिक पूर्वाधारको पहुँचमा विस्तारका साथै हाल निर्माणाधिन र भविष्यमा निर्माण हुने अन्य धेरै आयोजनाहरुको निर्माणको ढोका खोलेको उनको भनाइ छ ।

आयोजना बढी लागत र कार्यान्वयनमा ढिलाई भएका कारण आलोचित समेत बन्न पुगेको थियो ।

घिसिङले प्राधिकरणको जिम्मेवारी सम्हालेपछि यो आयोजना अघि बढाउन प्रयास थालेका थिए । आयोजनाको हालसम्मको लागत करिव १५ अर्ब अनुमान गरिएको छ ।

यस मध्ये विद्युत गृह तर्फको जग्गा खरिद, सिभिल निर्माण र इलेक्ट्रो मेकानिकल तथा हाइड्रोमेकानिकल कार्यका लागि करिव ७ अर्ब ८४ करोड एवं परामर्श सेवा तर्फ करिव ६० करोड गरि जम्मा ८ अर्ब ४४ करोड खर्च भएको छ ।
त्यस्तै १३१ किमि लम्बाईको बलाँच-अत्तरिया प्रशारण लाइन निर्माणमा २ अर्ब ५४ करोड खर्च भएको छ ।

त्यस्तै १३२र३३ केभी तथा ३३र११ केभी सवस्टेशन निर्माण र ३३र११ केभी प्रशारण लाईन निर्माणम. १९ करोड ४८ लाख खर्च भएको छ ।

सामाजिक विकास एवं वातावरण संरक्षण कार्यमा ५ करोड मूल्य समायोजना, विदेशी मुद्रा सटहीमा भएको नोक्सानी र प्रशासनिक खर्चमा ३ अर्ब गरी करिव रु. ६ अर्ब १८ करोड ४८ लाख खर्च भएको छ ।