समाचार

समाज

त्रिशूलीमा बेपत्ता भएका सचिव यादवको शव फेला (अपडेट)

शनिबार, २७ माघ २०७४ गते मा प्रकाशित

ss

धादिङ । त्रिशुली नदीमा खसेर बेपत्ता भएका सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवको शव फेला परेकाे छ । नदीमा डुबेकाे जिपबाट उनकाे शव निकालिएकाे प्रहरीले जनाएकाे छ ।

 

बा २ झ ३१४० नम्बरको सिंचाइ मन्त्रालयको जिप काठमाडौं आउने क्रममा शनिबार बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिका-३ को सलाङघाटबाट त्रिशुली नदीमा खसेकाे हाे । ड्राइभर सिटबाट सिट बेल्ट काटेर यादवको शव निकालेकाले जिप सचिवले चलाउँदा दुर्घटनामा परेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

 

जिपमा सवार सचिव यादवका छोरा संजय यादव र अन्य एक किशाेरीको भने शव निकाल्न सकिएको छैन। जिप डुबेको ठाउँ निकै साँघुरो र अप्ठ्यारो भएका कारण जिप नदीबाट बाहिर निकाल्न सकिएको छैन ।