कभर स्टोरी भिडियो स्तम्भहरू इतिहास र अनुभूति

प्रचण्डको डाइनामिजम उनकै छोरीबुहारीलाई मात्रै काम लाग्यो (भिडियोसहित)

प्रचण्डको डाइनामिजम उनकै छोरीबुहारीलाई मात्रै काम लाग्यो (भिडियोसहित)

नेपालआजमा रहेको प्रा.डा. सुरेन्द्र केसीको नियमिति भिडियो स्तम्भ ‘इतिहास र अनुभूति’ यसपटक केसीले नेपाल कम्पयुनिष्ट पार्टीबारे विचार राख्नु भएको छ । उहाँले केपी ओली, प्रचण्ड, झलनाथ, माधव नेपालदेखि नेत्रविक्रम चन्दबारे समेत विश्लेषण गर्नुभएको छ ।  प्रस्तुत छ उहाँको विश्लेषण उहाँकै शैलीमाः 

 

‘ नेकपा विभिन्न गुट उपगुटबाट बनेको पार्टी हो । कम्युनिष्ट पार्टीहरु मूल्यमान्यताका आधारमा एक हुने र फुट्ने गर्थे । एउटा जीवन्त पार्टीमा फरक मूल्य मान्यता हुन्छन् भनेर  सैद्धान्तिकरण गर्ने गरिन्थ्यो । तर एमाले र माओवादीको मिलन कुनै मूल्य मान्यताका आधारमा होइन, स्वार्थ मिलेर भएको हो । नेकपाका नेताहरुलाई कसरी कसलाई पछारेर मन्त्री हुने वा शक्तिमा पुग्ने भन्ने छ । जब संगठन संस्था र विचार मान्छेका निजी आकांक्ष र स्वार्थका घोडा बन्छन् तब त्यस्ता खाले परिदृश्य आउँछन् । 


हामीले चासो राख्नु पर्ने विषय के हुन्छ भने त्यहाँभित्र पनि मुलुकको भाग्य बदल्नुपर्छ भनेर त्याग र समर्पणका आधारमा राजनीति गरिरहेका नेता कार्यकर्ताहरु पनि हुन्छन् । उनीहरुको भविष्य के होला भन्ने हाम्रो चासो हुनुपर्छ । अब यो पार्टीभित्र स्वार्थ समूहको गठजोड छ । स्वार्थीहरु चलमलाएका छन् । पाउने र नपाउनेको बोली फरक छ । पाउनेहरु जे पनि गर्न सक्छन् । नपाउनेहरु पनि पाउनका लागि जे पनि गर्न तयार हुन्छन् । 


प्रचण्ड भोलिका नेता हुन् । प्रधानमन्त्री जतिबेला पनि बन्न सक्छन । पार्टी अध्यक्ष चाहिँ प्रतितिनिधिहरुले बनाउने हुन् । प्रचण्डले नै भारत गएको बेला हाम्रो अढाई अढाई वर्षको सम्झौता हो भनेकै छन् । यस्तो बेलामा जो सत्ता र प्रवृत्ति हुँदा जहाँ शक्ति छ, मानिसहरु त्यही झुम्मिन्छन् । 


विष्णु पौडेल नै प्रचण्डतिर संलग्न हो भन्ने कुरा सत्य भए त जहाज डुब्यो नी त । किनभने विष्णुलाई त्यहाँसम्म पुर्याएको केप ीओलीले हो । केपीका सच्चा सहयोगी विष्णु नै हुन् । अब विष्णु नै प्रचण्डसँग भन्ने हो भने प्रचण्डकै राइटमेन जनार्दन शर्मा केपीका सेकेन्डमेन भन्ने हो भने त धेरै अनौठो कुरा हुनेछ । यो साँचो हो कि प्रपोगान्डा मात्रै हो थाहा छैन । नेपालका नेता स्वार्थका लागि जे पनि गर्छन् । पार्टी फुटाउँछन् । यहि बानीले मधेसवादी, राप्रपा र जनजातिका पार्टीको हालत यस्तो भएको हो । 


हामीले व्यवहारमै हेर्नुपर्ने हून्छ कि यो गुटबन्दीको वास्तविकता थाहा पाउनु पर्ने हुन्छ । झलनाथको पनि स्थान र भूमिका हुने अवस्था छ । विगतमा एमालेमा खेलेर प्रचण्डले झलनाथलाई प्रधानमन्त्री बनाइदिएका हुन् । विगतकालमा माधवकुमार नेपाललाई सांसद बनाउने पनि प्रचण्ड नै हुन् । पछि नेपाल प्रधानमन्त्री नै भए । अनैतिक हुन् यिनीहरु । जे पनि गर्छन् पदका लागि । यस्ता मान्छेहरुको गुटबन्दीको चीरस्थायीको विषय पनि गोप्य नै राख्नु पर्ने हुन्छ । यहि नै हो भनियो भने हामी फस्न सक्छौं । 

 


प्रचण्ड चतुर भन्ने छ । निर्णय लिन सक्ने, क्षति मोल्न तत्पर हुने नेता हुन् । अगाडि र पछाडि दुवै तर्फ जान आउन सक्ने छवि छ । विगत कालकै कुरा गर्दा पनि सशस्त्र युद्धको बेला पनि ज्ञानेन्द्रसँग पनि त्यतिकै पहुँच, भारतसँग पनि उत्तिकै पहुँच ।

 

नारायणकाजी र बामदेवसँग पनि उत्तिकै पहुँच देखियो । अझ नारायणकाजी र वामदेवको खर्च व्यवस्थापन पनि उनीहरुले नै गरेको कुरा आयो । यसरी खेल्न सक्ने नेता प्रचण्ड हुन् । शान्ति प्रक्रियामा आएपछि बाबुरामलाई समेत प्रचण्डकै नेतृत्व अवधिमा नेपालको प्रधानमन्त्री बनाइयो । बाबुराम प्रधानमन्त्री हुने कुनै अवस्था थिएन । उनी पार्टीका अध्यक्ष थिएनन् । संसदीय दलका नेता पनि थिएनन् । कुनै आइडल पनि होइनन् । तर प्रचण्डले नै बनाइदिए । यसकारण प्रचण्ड डाइनामिक छन् । प्रचण्ड जे पनि गर्न सक्ने उनको पाटो छ । 

 


डाइनामिक भन्ने शब्दमा मलाई मिसकोट पनि गरे मलाई । मेरो भनाइ के हो भने यि नेताहरु मध्ये गतिशील हुन् प्रचण्ड । प्रचण्डको त्यत्रो छोराको निधन भयो । पत्नीको स्वास्थ्य प्रतिकुल छ । यति हुँदा पनि प्रचण्ड झोक्र्याएर बसेको कसैले देखेको छैन । यो डाइनामिजमले काम त गरेको छ तर उनका छोरीबुहारीका लागि मात्रै । हामी नेपाली जनताका लागि चाहिँ प्रचण्डको डाइनामिजमले कुनै काम गरेको छैन । उनको डाइनामिजम उनको गुटका लागि, भाइभतिजाका लागि मात्रै भयो । अरुको लागि हुन सकेन । अहिले नै पनि भनौं न । मैले एकता हुन सक्दैन भनेको थिएँ । केपीको सहायक भएर प्रचण्ड बस्लान भन्ने कसैले अनुमान गरेका थिएन । तर प्रचण्डले केपीलाई सहयोग गरिरहेका छन् । यो खुबी प्रचण्डसँग छ । यसकारण नेपालको राजनीतिमा प्रचण्ड अहिले पनि पर्छन् । 

 


कसैको पनि गुणगान गाउने काम हाम्रो होइन । हामीेले भएको सिनारियो देखाइदिने हो । संरचना सिध्याउने भनेको, सामाजिक मूल्यमान्यता सिध्याउने भनेको ठूलो गल्ती हो । जसरी छोरी र बुहारीलाई प्रचण्डले त्यहाँ पुर्याए त्यसले त नेताको उचाई नै घटेको छ । 

 


बामदेवसँग मेरो मित्रता छ । पोलिटिकल क्यारेक्टर पनि छ । प्रजातान्त्रिक मूल्य मान्यतालाई मान्दैनन् कि भन्ने छ । उनी प्रधानमन्त्री हुन्छु र भएरै छाड्छु भन्ने उनको बोलीका कारण अहिले सबैले उनमाथि शंका गरेका हुन् । बर्दियामा वामदेवलाई माओवादी वा भनौं प्रचण्डले नै हराइदिएका हुन् । किन यो किसिमको अन्धवेग र दुस्साहस वामदेवबाट व्यक्त हुन्छ म बुझ्न सक्दिनँ । 

 


पार्टीभित्र अन्तर्घात गरेर हराइन्छ । घनश्याम भुषालाई एमालेकैले दोस्रो संविधानसभामा हराइदिए । गिरिजाले कृष्णप्रसाद भट्टराईलाई हराइदिएका हुन् । राप्रपाहरु एकअर्काको हानाहानबाट सकिएका हुन् । नेपालका राजनीतिक दलहरु त हानाहान र काटाकाटबाट सिद्धिने गरेका छन् । 

 


नेपालमा यहाँ जे पनि हुन सक्छ । मन्त्री प्रधानमन्त्री राजदूत त जो पनि हुन्छ । मूल्य र आदर्शले भन्दा पनि रिमोटबाट, व्यभिचारबाट, पैसाबाट पदहरु किन्न सकिने ठाउँमा जे  पनि हुन्छ । नारायणकाजी नै भनौं न । अहिले टाउको नै उठाउन नदिने अवस्था आयो । बाबुराम हार्नुपर्ने जस्तो लाग्थ्यो । त्यही विचार र दलले त्यहाँ पुर्याएको व्यक्ति । त्यही दललाई लात मारेका थिए । तर गोर्खाका मान्छेले अरु जसले पनि जित्न सक्छ तर नारायणकाजीले जित्न सक्दैन भन्न थाले । म छक्क परे । किनभने जनयुद्धलाई नराम्रोसँग अभिषप्त गर्ने व्यक्ति उनी हुन् भने । लगातार तीन वटा चुनावमा उनले हारे । कतिपय नेताहरुको व्यक्तिगत रुपमा एक इमेज जस्तो देखिन खोज्छ । तर नियतिले उनीहरुलाई कहिले पनि साथ दिँदैन । नियतीले ठगेका नेताहरुमा मैले वामदेव र नारायणकाजीलाई लिने गरेको छु । 

 


झलनाथ हठात रुपमा पार्टी नेतृत्वमा पुग्दै आएका छन् । २०३९ सालमा सिपी मैनालीलाई पार्टीभित्र महासचिवबाट हटाउने अवस्था आयो । को महासचिव हुने भन्ने कुरा आएपछि मदन भण्डारी र जीवराज आश्रित पुष्पलाल समूहबाट आएका नेता थिए । सिपी मैनाली झापा समूहबाट आएका नेता थिए । सिपीलाई हटाएर जीवराज वा मदन भण्डारीलाई ल्याउँदा मुक्ति मोर्चावाला समूहको प्रभूत्व कम हुने भएकोले त्यही विकसीत भएका नेता झलनाथलाई पार्टीको महासचिव बनाइयो । जबकि उनी त्यो बेला केन्द्रीय सदस्य मात्रै थिए । नेपालका कम्युनिष्ट आन्दोलन भनेकै पढेलेखेका टाठाबाठाहरुको बौद्धिक मञ्च हो । झलनाथ पनि हेर्दा खाइलाग्दा परेका टाठाबाठा थिए । 

 


४५ सालकै नेकपा मालेको चौथो महाधिवेसनबाट मदन भण्डारीलाई ल्याइयो । त्यसपछि झलनाथ प्रतिरक्षामा रहे । उनी सधै एक्लै हुन् । झलनाथ बौद्धिक नेता हुन् । धनलाई जोड दिन्छन् । शौखिन हुन् । राम्रो कोट लगाउने, मीठो खान रुचाउने नेता हुन् भन्ने गरिन्छ । उनको व्यक्तित्व हेर्दा पनि नेपालका कम्युनिष्ट  नै हुन् भन्ने जस्तो खाइलाग्दा छन् । उनको तड्कभड्कपूर्ण जीवन, महंगा गाडी र बिल्डिङका कारण उनी विवादित बने । नीतिगत भ्रष्टाचार पनि गरे भन्ने कुरा छ । 

 


माधवकुमार नेपाल चाहिँ अन्यथा विकल्प हुन् केप ीओलीका । तर अहिले प्रचण्ड पनि पुगेका छन् । माधव नेपालको समूह पनि छ । केप ीओली यसरी आउँछन् भन्ने माधव नेपालहरुको पनि आँकलन थिएन । उनले प्रचण्डलाई समेत व्यवस्थापन गरेका छन् । यस्ता यस्ता अभूतपूर्व काम पनि कम्युनिष्टहरुमा भएका छन् । 

 


ओली समूहको पोजिसन संकटग्रस्त देख्छु । कुनै पनि मान्छे ओली समूहमा काम गरेर शाख जोगाउन सकेनन् । ओलीका सहयात्री मन्त्रीहरु कसैको पनि राम्रो छवि बनेन । भौतिक योजनामन्त्री, गृहमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री, पर्यटनमन्त्री सबैको हालत खराब देखियो । यो सबैको जवाफदेहीता केपी ओली हुनुपर्छ । तर सबै मन्त्रीहरु बेकामे र विवादास्पद भए । केप ीओलीलाई धुस्नु पार्नेहरुमा सञ्चारमन्त्रीको नाम लिएन भने अन्याय हुन्छ । यस्ता खालका मानिसहरुको वरिपरि केप ीओली  परेका छन् । यसकारण मेरो सल्लाह चाँडै पुनर्विचार गर्नूस भन्ने हो । 

 


अहिले त प्रमुख प्रतिपक्षको अध्यक्ष नै भीम रावल हुन् जस्तो देखियो । केपीसँग अब खास मान्छे छैनन् । उहाँले जसलाई अवसर दिनु भएका छ तिनीहरु पपार्टीबाट आएका छैनन् । अञ्जन शाक्य, निलाम्बर आचार्य, कोमल वली यसका उदाहरण हुन् । 

 

 

माधव नेपाल सरल नेता हुन् । यिनमा दम्भ छैन । तुलनात्मक रुपमा अरु भन्दा दागरहित नेता हुन् । केपी एकांकी र चतुर नेता हुन् । नाकाबन्दीमा उनको भूमिकाले म नजिक भएँ । दुई वर्षजति सहयोग गरे । त्यो युद्धमा परेको बेला एक प्रधानमन्त्रीले जे भूमिका निर्वाह गर्नु पर्ने थियो, त्यो उनले गरे । युद्धको बेलामा नेतालाई साथ दिनु पर्छ भन्ने हिसाबले म त्यहाँ थिएँ । मलाई मानिसहरुले केपी ओलीलाई पनि साथ राष्ट्रवादी देख्नु हुन्छ, डाक्टरसाब ? तपाईंको डाक्टरी पनि गजबको रहेछसम्म पनि भने । मलाईं आश्चर्य लाग्यो । त्यसपछि केपी ओलीको क्रोनोलोजिकल अवासान भएको छ । 

 


१४ वर्ष जेल बसेका नेता हुन् केपी ओली । कति संघर्ष, कति पीडा भयो होला । त्यस्तोबाट आएका नेता हुन् उनी । त्यस्तै पीडाबाट गुज्रेका मोहनचन्द्र अधिकारीहरुलाई केही गर्नु भएन । उनी त कोमल ओलीको कित्तामा पो पुगे । यी केपी ओलीका अध्याँरा पाटा हुन् ।


भारतीय हस्तक्षेप 

नेपालीको राजनीतिमा भारतलाई दोष दिनु भन्दा पनि आन्तरिक तत्व बढी महत्वपूर्ण छ । हाम्रो सत्तालिप्सा, हाम्रो कमजोरी, मानसिक कमजोरी, पारिवारिक कमजोरी, पदमुखी चिन्तन आजको अवस्था आउनुको कारण हो भन्ने लाग्छ । सबै परिवर्तनको अडेसमा भारत छ । विभिन्न परिवर्तन भारतकै कारण भएको छ । अहिले पनि केही पर्दा भारत जाने चलन छ । अनि भारतको प्रभाव बढी भयो भन्नु कति जायज होला ? जनआन्दोलन गर्दा भारत, १२ बुँदे गर्दा भारत, माओवादी र सात दललाई मिलाइीदने भारत अनि संविधान जारी गर्दा चीन तिर फर्केका कारण संविधान जारी गर्दाको अवस्था विवादमा परेको हो  । 

 


नेपाल चलाउन कुटनीतिक चातुर्यता चाहिन्छ । भएन भने यस्तै भइरहन्छ । 


भारत र चीनसँग हामीले सम्बन्ध राम्रै राख्नु पर्छ । विराटनगरमा १८ रुपैयाँको चिनी किन्न २५ रुपैयाँ रिक्सा भाडा खर्च गरेर भारतीय जोगवनी बजार पुग्छन् मानिसहरु । 

 


ठूलो देशको विदेश नीति सानो देशको जस्तो नेतापिच्छे बदलिदैन । भारत र चीन जस्ता ठूला देशको मौलिक नीति परिवर्तन हुँदैन । नेपालका लागि भारतका राजदूत मञ्जीभ सिंह पुरीको पूर्ववर्ती केभी राजनको भन्दा पनि कडा छ भन्ने ठान्छु । हस्तक्षेप गर्ने अवस्था आयो भने त्यो भन्दा बढी गर्छन् भन्ने लाग्छ । यहाँको राजनीतिक समिकरण अनुसार उनी बसेका छन् । नेपाललाई भारतले हेर्ने कुनै नीति बदलिएको छैन । राजदूतको त फेरिने कुरा पनि भएन । 

 


भारतीय दूतावासमा एक पटक पार्टी चलिरहेको थियो । नेपालका मन्त्रीहरु पनि थिए । ती मध्येका एक नेपाली मन्त्री पिसाब फेर्न शौचालय तिर गए । पिसाब फेर्ने क्रममा सँगै परेछन् भारतीय राजदूत आरके सुद ।
 सुदले नेपाली मन्त्रीलाई सोधेछन् ‘क्या है तुम्हारा हम्म् ?’ 
नेपाली मन्त्रीले भनेछन्, ‘ठीक हि हे राजदूत साब’ 
फेरि राजदूत सुदले सोधे, ‘क्या कर रहे हो ?’ 
त्यो मन्त्रीले त्यसपछि भनेछ, ‘राजदूत साब हम भी मन्त्री लेभलके आदमी हे । आप जरा डिप्लोमेटिक व्यवहार करे तो अच्छा होता ।’


त्यस्तो हेपेर सुद बोलेपछि ती मन्त्री त्यसो भन्न बाध्य भएछन् । 


त्यसपछि सुदले फेरि मुख छाड्दै भनेछन् ‘तुम मुझसे प्रोटोकलका बात करते हो ? कल तक फुटपाथमै चटपटे बेच्ता था । तुमको मैने मिनिस्टर बना दिया । ज्यादा बोल्ने लगे हो ? हमारे बिल्ली हमसे म्याउ ?’ 


त्यो कुराकानी सुनिरहेका अर्को ढाका टोपी लगाउने मन्त्रीको त अत्तालिएर टोपी नै भूँइमा खसेछ । मन्त्रीको कुरा हो यो नेपालको । यस्तालाई त हेप्छन् नी सबैले । 


अर्को कहानी पनि भन्छु । 


दिल्लीमा एक सम्मेलन थियो । नेपालका राज्यमन्त्री गएका थिए । भारतीय पक्षका सचिवसँग दुई पक्षीय कुरा भएछ । कुरा सकिएपछि नेपालका राज्यमन्त्रीले भारतीय सचिवसँग बेग्लै एकान्तमा कुरा गर्छु भन्न थालेछ । परम्पराअनुसार परराष्ट्रका नोट गर्ने कर्मचारीबीना त्यसरी भेटन् मिल्दैन । तर नेपालको राज्यमन्त्रीले सचिवसँग भेट्छु कि भेट्छु भन्न थालेछ । मरोस न त भनेर सचिव  र राज्यमन्त्रीको भेट गराइएछ । भेट त भयो तर भेटमा कुरा के भयो त ? खुल्दुली भयो । 

 


अनि भारततिरका सचिवसँग उसका उपसचिवले वार्ता सकिएपछि सोधेछ, ‘नेपालके राज्यमन्त्री ने क्या कहा आपसे ? ’


सचिवले आफ्ना उपसचिवसँग भनेछन्, ‘अपनी बेटीके लिए एम्स कलेजमे स्कलरसिप माग रहा था साला ।’ 

 


आफ्नो स्थान छाडेपछि यसरी हेप्छन् नी विदेशीले ।  यस्ता नेता मन्त्रीले देश नै बेचिदिन्छन् । भारत चीनलाई गाली किन गर्नु, फाइदा लिने उपाय गर्नुपर्छ ।

डा. सुरेन्द्र केसी इतिहास र अनुभुति