समाचार

मनोरञ्जन

श्रृंखलालाई हौसला दिन भन्दै परिवार तथा आफन्त चीन प्रस्थान

बिहिबार, २० मङि्सर २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

श्रृंखलालाई हौसला दिन भन्दै परिवार तथा आफन्त चीन प्रस्थान

काठमाडौं ।  मिस वर्ल्ड नेपाल २०१८ श्रृंखला खतिवडालाई हौसला दिन उनका परिवार सहित, आफन्त, शुभचिन्तक, छरछिमेकको टोली बिहीबार चीनतर्फ गएको छ ।

 

 

श्रृंखला खतिवडालाइ नेपालको एक टोलीले चीनमै भेट्ने र मिस वर्ल्डमा हौसला दिने अभिप्रायले ३१ जनाको टोली बिहीबार दिउँसो १ बजे चीनतर्फ गएको हो ।

 

 

टोलीमा श्रृंखलाका बावु विरोध खतिवडाको नेतृत्वमा आमा मुनु सिग्देलसहित परिवार, हेटौंडा उप महानगरपालिकाका उपमेयर मिना लामा, मदनकुमार दाहाल, अनिल पाण्डे, नबिन केसीलगायत छन् । 

श्रृंखलाले ‘मिस वर्ल्ड मल्टिमिडिया अवार्ड’ र ‘ब्यूटी विद् अ पर्पस’ अवार्ड हात पार्दै मिस वर्ल्ड २०१८ को उत्कृष्ट ३० मा आफूलाई पार्न सफल भएकी  छिन् । यो सँग ै उनी मल्टिमिडिया अवार्डसहित दुई अवार्ड जित्ने पहिलो र ब्यूटी विद अ पर्पस जित्ने दोश्रो मिस नेपाल  भएकी छिन् ।