खेल

समाचार

मच्छिन्द्र र ब्रिगेड ब्वाइज बीचको खेल गोल रहित बराबरी 

बिहिबार, २० मङि्सर २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

मच्छिन्द्र र ब्रिगेड ब्वाइज बीचको खेल गोल रहित बराबरी 

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बिहीबार भएको छैटौं चरणको अन्तिम खेलमा मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लबले  बराबरी खेल्दै अंक बाँडेका छन् ।

 

 

 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै पक्षले गोलका अवसर बनाए पनि त्यसलाई सदुपयोग गर्न भने सकेनन् ।

 

जारी लिगमा मच्छिन्द्रको यो तेस्रो र ब्रिगेडको पहिलो बराबरी हो । यसअघिका ३ खेलमा मच्छिन्द्र पराजित भइसकेको छ। मच्छिन्द्र ३ अंक जोडेर अंक तालिकाको पुछारबाट दोस्रो १३औं स्थानमा छ। 

यता पहिलो बराबरी खेलेको ब्रिगेडले भने यस अघिका खेलमा ५ खेल मध्ये एक खेलमा जित र बाँकी खेलमा हार व्यहोरेको छ । बिग्रेडले ६ खेलमध्ये चार खेलमा पराजित एक खेलमा जित र एक खेलमा बराबरी खेल्दै चार अंक बनाएको छ ।

 

 

 

लिगको छैटौं चरणको खेल सकिदासम्म शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबले शतप्रतिशत जित निकाल्दै १८ अंक जोडेको छ।पाँच जित हात पारेको थ्रीस्टार क्लबको १५ अंक छ। थ्रीस्टार लिगमा मनाङसँग मात्र पराजित भएको थियो। तेस्रो स्थानको संकटा क्लबको पनि १५ अंक छ।