मुख्य समाचार

निर्मला हत्या घटनामा संलग्न भएको रावलको स्वीकार

बिहिबार, २० मङि्सर २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

निर्मला हत्या घटनामा संलग्न भएको रावलको स्वीकार

काठमडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यामा संलग्न एक आरोपीले उक्त घटनामा आफनो संलग्न  रहेको स्वीकार गरेका छन् । 

 

 

प्रहरी स्रोतका अनुसार राजधानीबाट पक्राउ परेका निर्मला पन्तका छिमेकी प्रदीप रावलले हत्यामा संलग्न रहेको प्रहरीसामु स्वीकार गरेको छन् । प्रहरी स्रोतका अनुसार रावलसँग बयान लिने क्रममा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)  सर्वेन्द्र खनाल पनि उपस्थिति थिए । 

 

 

रावललाई  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले केहि दिन अघि काठमाडौंबाट पक्राउ गरेको थियो । प्रहरी स्रोतका अनुसार ती युवकको डीएनए परिक्षणका लागि नमुना समेत संकलन गरी विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । डीएनए रिपोर्ट नआएसम्म युवक हिरासतमा रहने प्रहरी स्रोतले जनाएको छ ।

 

निर्मलाको शव भेटिएको दिनदेखि बेपत्ता भएका रावल भारतमै बसेको र केही दिनअघि मात्र काठमाडौं आएको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको हो ।  


४ महिना पुग्दा पनि निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा को संलग्न थिए भन्ने पत्ता लगाउन प्रहरीले सकेको छैन।

निर्मला बलात्कार र हत्या घटनाको छानबिनमा सरकार र प्रहरीले गरी आधादर्जन समिति गठन गरे। ती समितिले उक्त घटनाको अनुसन्धानमा प्रहरी लापरबाही भएको मात्र निष्कर्ष दिए।

 

 

निर्मलाको न्यायका लागि देशभर प्रदर्शन भइरहेको छ । यही क्रममा बिहीबार पनि राष्ट्पति भवन शीतल निवास अगाडि प्रदर्शन गरेका छन् ।