कभर स्टोरी

भिडियो

‘अन्तर्राष्ट्रिय हिरो बन्छौं’ भन्दै मलाई युज गरेर न्यायाधीशको बदनाम गर्ने खेल पो रहेछ (भिडियोसहित)

बिहिबार, २० मङि्सर २०७५ गते प्रकाशित
- नेपाल आज

‘अन्तर्राष्ट्रिय हिरो बन्छौं’ भन्दै मलाई युज गरेर न्यायाधीशको बदनाम गर्ने खेल पो रहेछ (भिडियोसहित)

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध उनकै पत्नी ललिता राउतले विभिन्न आरोप लगाएकी छन् । विवाह भएको १५ वर्षसम्म शारीरिक सम्बन्ध नराखेर पतिले हस्तमैथुन मात्रै गर्दै आएको सम्म भन्न भ्याउने ललिताले विभिन्न युट्यु च्यानलहरुलाई अन्तर्वार्ता पनि दिएकी छन् । 

 

न्यायाधीश प्रकाशमानले उनलाई चरमरुपमा घरेलु हिंसाको सिकार बनाएको ललिताको आरोप छ । १५ वर्षदेखि उनी पीडित भएको बताउछिन् । तर यतिबेला आएर उनले डिभोर्स माग गरेको बुझिएको छ । ललिताले आफ्ना पतिविरुद्ध बोलेको भिडियो नै सार्वजनिक भएको छ । ललिताको मात्रै एकतर्फी कुरा सुन्दा उनी वास्तवमै पीडित भएको हो कि भन्ने धेरैलाई परेको थियो । तर अहिले यो विषय एकोहोरो नभएर विवादित भएको पाइएको छ । 

 

 

सामाजिक अभियन्ता सावित्री सुवेदीले ललिताको विषयलाई शुरुमा उचालिन्  । अहिले सुवेदी आफैले भनिरहेकी छिन् कि ललिताको समूहले आफूलाई प्रभावमा पार्न खोजेर न्यायाधीशको बद्नाम गराउने प्रयास गर्‍यो । उनले नेपालआजसँग भनिन्, ‘बाबुराम चौहान भन्नेले तपाईंको हामी अन्तर्राष्ट्रिय छवि बनाइदिन्छौं । यो केसलाई मज्जाले उचाल्नूस् । तपाईं त धेरै माथिल्लो स्तरमा पुग्ने मान्छे हो  भनियो । त्यसपछि उहाँहरुले जे जे भन्नु हुन्छ, जहाँ जहाँ भन्नुहुन्छ त्यहाँ नाराजुलुस लगाउनु पर्ने, न्यायाधीशको बदनाम गर्नु पर्ने देखेपछि मैले तिमीहरु गलत रहेछौं महिला हिंसाको नाममा पुरुषमाथि अत्याचार गर्ने रहेछौं भनेर छाडिदिएँ । ’

 

सावित्रीले ललिताको शालिनतामाथि पनि प्रश्न उठाएकी छन् । उनले भनिन्, ‘१५ वर्षमा ४ पटक सेक्स भयो, मेरा न्यायाधीश पति हस्तमैथुन गर्ने मान्छे हुन् भन्दै सडकमै बोल्दै हिँडने मान्छे कति गतिलो होला ?’ 

 

ललितानिकटहरुले आफूलाई प्रभावमा पार्न खोजको थप दृष्टान्त पनि सावित्रीले दिएकी छन् । ललितानिकटले सर्वोच्चका वहालवाला न्यायाधीशका विरुद्ध सर्वोच्च अदालतमै गएर नाराजुुलुस गर्न, मान्छे जम्मा गर्न उक्साए । सावित्री भन्छिन्, ‘सावित्री तिमी अन्तर्राष्ट्रिय हिरो बन्नु पर्छ । चर्चा कमाउनु पर्छ । नाराजुलुस गर न्यायाधीशलाई तह लगाउनु पर्छ । ’ आफूलाई प्रयोग मात्रै गर्न खोजिएको सावित्रीको दावी छ । सावित्रीका अनुसार ललितालाई प्रकाशमानले पिटेको होइन, ललिताको ग्याङ नै प्रकाशमान कुट्ने हो ।