देश

लोकन्थली सडकमा शव भेटियो 

बुधबार, १९ मङि्सर २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

लोकन्थली सडकमा शव भेटियो 

भक्तपुर । मध्यपुर थिमि नगरपालिका–१, लोकन्थलीमा बुधबार एक पुरुषको शव फेला परेको छ ।

 

 

पर्सा जिल्ला ठोरी गाउँपालिका ३ घर भई लोकन्थली बस्दै आएका ४८ वर्षका किरण पन्तको शव बेवारिसे रुपमा सडकमा फेला परेको प्रहरीले जनाएको छ । उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

 

पन्तको शव परीक्षणका लागि भक्तपुर अस्पताल राखिएको र घटनाको अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।