समाचार प्रदेश ५

जथाभावी हर्न बजाउने ९१ चालकलाई कारबाही 

जथाभावी हर्न बजाउने ९१ चालकलाई कारबाही 

लमही  । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जथाभावी हर्न बजाउने सवारीचालकलाई कारबाही गरेको छ ।

 

आइतबार र सोमबार हर्न बजाउने ९१ सवारीचालकलाई कारवाही गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक विवेक महराले जानकरी दिए । 

 

निषेधित क्षेत्रमा ठूलो स्वरमा हर्न बजाउने आइतबार ४५ चालक तथा सोमबार ४६ चालकलाई कारवाही गरिएको छ ।

 

कारवाहीमा परेकाबाट जनही पाँच सय का दरले १६ हजार रुपैयाँ राजश्व संकलन भएको महराले बताए ।

 

ती बाहेक अन्य सवारीचालकको कागजात जफत गरिएको छ । कारवाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् ।

 

हर्न निषेध अभियानलाई प्रभावकारी बनाउन प्रदेश प्रहरीले २०, इलाका प्रहरी कार्यालय तुलसीपुरले सात तथा ट्राफिक प्रहरी कार्यालयले १० जना प्रहरी खटाएको छ ।

 

पैदलयात्रुलाई छेउबाट हिँडाउनका लागि वीरेन्द्र चोकमा ट्राफिक कोण राखेर डोरी बाँधिएको छ । 

दाङ