बिचार

तपोवनविरुद्ध यौनहिंसाको आरोप लगाउने महिलालाई नै दूर्व्यवहार

–अंशु गुरुङ 

मङ्गलबार, १८ मङि्सर २०७५ गते प्रकाशित
- नेपाल आज

तपोवनविरुद्ध यौनहिंसाको आरोप लगाउने महिलालाई नै दूर्व्यवहार

नेपाल आजमा ओशो तपोवनमा आफूले देखेका घटना र भोगाईबारे अंशु कविराले केही महिनाअघि अन्तर्वार्ता दिएकी थिइन् । त्यस क्रममा अंशु कविरालाई स्तन क्यान्सर भएको पत्ता लागेको थियो । उक्त अन्तर्वार्तापछि आफूमाथि बारम्बार धम्की आएको र दूव्र्यवहार भएको, जसकारण आफ्नो स्वास्थ्य सुधार हुन सकिरहेको छैन भनेर सुरक्षाको माग गर्दै अंशुले अज्ञात स्थलबाट नेपाल आजलाई यस्तो पत्र पठाएकी छन् । 

 

मेरो नाम अशुं गुरूङ हो । ओशो तपोवन इन्टरनेसनल, स्वामी आनन्द अरूण र टेकुका डिएसपीबाट ममाथि भएको दुव्र्यवहारबारे रिपोर्ट गर्र्न यो लेख्दै छु र सुरक्षाको माग गर्दछु । म इन्टरनेसनल अनर प्रोगार्म ह्युमन  राइट्स फाउण्डेसन च्यालेन्जेज र एडभोकेसीमा लोकल फ्याकल्टीको रुपमा सन् २०१६ देखि कार्यरत छु । मैले यूकेएड, आइएलओ, यून एन पिस किपिङ मिसन, सेभ चिल्ड्रन, हेल्भेटाज र प्लान नेपाल मा २३ वर्ष काम गरेकी छु र नेपालका हरेक दुर्गम ठाउँमा पुगेकी छु ।

 


 मैले डिएफआइडीमा अधिकार, प्रजातन्त्र र अन्य विषयमा काम गरेकी छु । मैले इनेब्लिङ स्टेट प्रोगार्म, डिएफआइडीमा पनि काम गरेकी छु । मैले मानवअधिकार बचाउको लागि र पिछडिएका वर्गको लागि पनि काम गर्दै आएकी छु । मधेसी अभियानमा म सक्रिय रूपमा लागेकी थिएँ । म मानव अधिकारकर्मी हुँ । म ‘रिङ द बेल क्याम्पियन’ को ठूलो अनुयायी पनि हुँ । हाल म काठमाडौंको सडक विस्तार गर्ने विरोधको अभियानमा पनि लागि परिरहेकी छु । 

 

मलाई अन्याय अलिकति पनि सह्य हुँदैन । म अन्यायलाई एकदम गम्भीरतापूर्वक लिन्छु किनभने म आफैं निरन्तर सामाजिक न्यायमा लागिपरिरहेकी छु ।  

 

जुलाईमा मैले ओशो तपोवनमा भोगेका अनुभवबारे र त्यहाँ हुने गतिविधिबारे लेख लेखेकी थिएँ । उक्त लेख निकै विवादास्पद बन्यो र त्यसको परिणाम ममाथि झनै दुव्र्यवहार हुन थाल्यो  । यसबारे थप तथ्यपरक कुुरा यस्तो छ । 

 

स्वामी आनन्द अरूणका व्यक्तिगत स्वार्थले भरिपूर्ण भक्तहरूले उनीहरूले गरेका भ्रष्टाचारबारे बोल्नेलाई आफ्नो निशाना बनाउँछन् । १२–१४ वर्षअघि स्वामी आनन्द अरूणले आफ्नो ‘बिडिए’ नाम गरेको संस्थाका दश जना पदाधिकारीलाई लगेर ओशो तपोवनको स्थापना गरे र आफूलाई आचार्य घोषण गरे । विस्तारै उनी आफूले आफैंलाई बोधिसत्व स्वामी भन्न थाले । त्यहाँ रहेका शान्ता माँ र गोबिन्द नारायण भट्टराईलाई उनको यो कुरा चित्त बुझेन र उनीहरूले यसबारे असन्तुष्ट व्यक्त गरे । असन्तुष्टि व्यक्त गरेकै कारण उनीहरूलाई  पदच्यूत गरियो । 

 

यसअघि पनि अरूण स्वामीले आफूलाई तपोवनका मठाधीश र मुख्य व्यक्ति घोषणा गरेका थिए । अनुराग र वासुदेवसँगै एक जापानी सन्यासी जसले शुरुवाती दिनमा तपोवनको जग्गा खरिदमा सहयोग गरेका थिए, उनलाई पनि तपोवनबाट हटाइयो । उक्त समूहले ओशो धार भन्ने नयाँ संस्थाको सुरूवात गर्‍यो । 

 

आशो तपोवनको साम्राज्यलाई जीवीत राख्न स्वामी आनन्द अरूणले आफ्नो स्तम्भ र मूर्तिमात्र बनाएनन् । उनले एक भजनमण्डली पनि खडा गरे र उनीहरूलाई ध्यान गर्ने समयमा ‘जय जय अरूण स्वामी’ भनेर गाउन लगाउन थालियो । जुन ओशोको आस्था र निर्देशन विपरित छ । 

 

काठमाडौंका सबै शक्तिशाली व्यक्तिले स्वामी आनन्द अरूणलाई चिन्छन् । उक्त आश्रममा मानिसबीच ठूलो या सानो कुुनै प्रकारको भेदभाव हुनुुहुुँदैन भनिन्छ । तर, आश्रमका प्रमुख नै शक्तिशाली व्यक्तिहरूको पछि कुदिरहेका छन् । 

 

लोकमान सिंह कार्की अख्तियार प्रमुख हुँदा उनको तपोवनमा धेरै उठबस हुने गर्थ्यो । कार्की त्यहाँ आएर घन्टौं लामो भाषण दिन्थे । त्यसपछि आश्रममा एउटा संस्कृतिको विकास भयो, धनी र शक्तिशाली व्यक्ति साँझ आरतीमा आउने । आरतीमा भारतबाट पनि केही मानिसहरू आउँथे । पूर्वराजा ज्ञानेन्द्र पनि साँझ आरती सकिएपछि आश्रममा आउने गर्थे  । 

 

स्वामी आनन्द अरूणले पक्कै पनि उनीहरूबाट केही लाभ हात पारेका होलान् । 

 

सरकारबाट सहयोगको नाममा रकम पाएपछि स्वामी आनन्द अरूणले जंंगल फाडे, बाटो  बनाए, पुल बनाए र ठूला धरोहर पनि । त्यसपछि ७० लाखको दरमा फ्लाट बेच्न थाले । अहिले सुन्नमा आएअनुसार, तपोवनमा एकरात बसेको करिब १० हजार रूपैयाँ लाग्छ ।

 

तपोवनले २७ रोपनी जग्गा उपभोग गर्न पाउने अनुमति छ तर १०० रोपनी जग्गा उपभोग गरिरहेको छ । स्वामी आनन्द अरूण आफू पहिलेको जन्ममा बिहारको राजा थिएँ भन्ने गर्छन् । उनमा लागेको यो बानी अनौठो छ । 

 

स्वामीले त्यहाँ महिलालाई खुट्टा मालिस गर्न लगाउनेजस्ता यावत् कुराले म निकै दुखित छु । ओशो तपोवनमा चरम यौन शोषण हुने गर्छ । त्यसबाट पीडित भएकाहरु यसबारे बोल्न तयार छैनन् भने मैले उनीहरूको नाम लिन मिल्दैन । धेरै सन्यासीहरूले यौन दुव्र्यवहारकै कारण आश्रम छोड्नु परेको छ । तर, उनीहरू आफूमा भएको त्यो व्यवहारबारे एक शब्द पनि बोल्न तयार छैनन् । किनभने उनीहरू समाजसँग डराएका छन् । 

 

अरूण राजनीतिक रूपमा बलियो छन् जसकारण उनले आफ्नो नभएर ओशोको नाममा भ्रष्टाचार गरिरहेका छन् । यो लेखको आशय यस्ता सूचनालाई अझै सशक्त बनाउनु हो । 

 

अक्टोबरमा मैले नेपाल आजमा एक अन्तर्वार्ता दिएँ । यसको लागि मैले कुनै पनि आर्थिक लाभ पाएको छैन । त्यस अन्तर्वार्ताको मुख्य आशय नै ओशो तपोवनमा भएको सत्य घटनाबारे बोल्नु थियो । मैले आफ्ना र अन्य महिलाको भोगाइबारे बोलिसकेपछि ममाथि झनै दुव्र्यवहार हुने काम भयो ।  

 

मैले उक्त अन्तर्वार्तामा कुनै पनि सामाजिक कार्य नगरेको ओशो तपोवन कस्तो एनजिओ हो भनेर प्रश्न गरेकी थिएँ । त्यहाँको व्यवस्थापन समितिमा कुनै पनि पारदर्शिता छैन । एउटै सभापति बारम्बार निर्वाचित हुन्छन् । नेपाल सरकारबाट तपोवनले हाउजिङ निर्माणको लागि रातो कित्ताबाट कसरी ३ करोड रूपैयाँ पायो । ओशो तपोवनले कसरी तपोवन भित्रै १५ देखि ६० लाखको हाराहारीमा फ्लाट बेचिरहेको छ ?यस्ता प्रश्नहरू मैले उठाएकी थिएँ ।  

 

ओशो तपोवनमा श्रम शोषण, सन्यासीको यौन शोषण, एक भारतीय सन्यासीको हत्या, निकुञ्ज अतिक्रमण, जंगल फडानी, बाँदर मार्ने गरेकोजस्ता आरोप लागेका छन् । ओशो तपोवनबारे चर्चा नभएका कुराहरूलाई मैले उजागर गर्न खोजेकी हुँ । जुन कुुराबाट अरूण र उनका भ्रष्ट भक्तहरू रिसाउँछन् । मैले केही प्रमाणसहित ओशो तपोवनमा छानविनको माग राख्दै प्रधानमन्त्री कार्यालयमा निवेदन दिएकी छु । 

 

ओशो तपोवनले गरेको निकुञ्ज अतिक्रमणको विरुद्ध भूमिसुधार तथा व्यवस्थपन र वनजंगल तथा वातावरण मन्त्रालयमा केस दर्ता भइसकेको छ । मैले  हालै मन्त्रालयका सहसचिवसँग कुरा गर्दा उहाँले उक्त केस चलिसकेको र छिटै कारबाही प्रक्रिया अघि बढ्ने बताउनु भएको छ । 

 

मैले भोगेका दूर्व्यवहारबारे प्रधानमन्त्री कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, तारकेश्वर नगरपालिका, गृह मन्त्रालयमा निवेदर दायर गरेकी छु र केही सांसदहरूसँग पनि कुरा राखेकी छु । 

 

ओशो तपोवनका केही अन्धभक्तहरुले मेरोविरुद्ध दूष्प्रचार गरेका छन् । मानिसहरुसँग म ‘बार’मा भेटघाट गर्छु भनेका छन् । मलाई भारतको पुनामा रहेको ओशो इन्टरनेसनलले पैसा दिएको समेत आरोप लगाएका छन् । मैले चर्चा पाउनको लागि यो सबै गरेको, म जँड्याहा भएको, बच्चाहरूलाई दूव्र्यवहार गरेको जस्ता हल्ला फैलाइएका छन् । मबारे यस्ता भ्रम फैलाउने ओशो तपोवनका केही व्यक्तिले मलाई ज्यान मार्ने र जेलमा लगेर कोच्ने धम्कीसमेत दिएका छन् । 

 

त्यसपछि टेकुका डिएसपी मेरो घर नजिकैको एक क्याफेमा मलाई सोध्दै पुगेछन् । १ नोभेम्बर, २०१८ मा दिएको एक अन्तर्र्वार्र्तामा स्वामी आनन्द अरूणले ममाथि आफूले कानूनी उपचार खोज्न लागेकोे र फेसबुकमा आनन्द अरूणले एक महिलाबाट खुट्टा मसाज गराइरहेको फोटो फेसबुकमा हालेको कारण पक्राउ परेको बताएका थिए । उनले ममाथि पनि कानूनी कारवाही हुने बताएका थिए । 

 

 

आजसम्म पनि सगरमाथामा टिभिमा पुगेका अरूण स्वामीले उनको विरोधमा बोल्ने त्यस्ता धेरै व्यक्तिलाई कानूनको कठघरामा लगिएको बताएका छन् र त्यसमा अब त्यो रोलाक्रममा म पनि परेको उनले संकेत गरेका छन् । मलाई पक्राउ गर्ने उनको त्यो धम्कीले हैरान पारिसकेको छ । 

 

 

हाल म मेरो काठमाडौंस्थित घरमा बस्न सकिरहेकी छैन । मैले सामाजिक सञ्जालमा पनि केही अपडेट राख्न बन्द गरिसकें । म धम्कीमा बाँचिरहेकी छुु । यस्तै धम्कीकै कारण म मानसिक तनावबाट गुज्रिरहेकी छु । काठमाडौं त के पूरा नेपालमा म स्वतन्त्र भएर हिँड्न सहिरहेकी छैन । मेरो मोबाइल फोन स्वीच अफ छ र म प्रहरीले पक्राउ गर्ला कि भन्ने त्रासमा बसिरहेकी छु । तनावले म राम्ररी सुत्नसमेत सकिरहेकी छ्रैन । 

 

२० अक्टोबर, २०१८ मा मेरो स्तन क्यानसर डायगनोसिस भयो । त्यतिबेला नेपाल आजमा मेरो अन्तर्वार्ता आइसकेको थियो । बारम्बार ममाथि भइरहेको यस्तोे दूर्व्यवहारले मेरो स्वास्थ्य लाभ हुन सकिरहेको छैन । यस्तै तनाव र धम्कीका कारण मेरो उपचार राम्ररी हुन पाइरहेको छैन । त्यसकारण म तपाईहरूबाट सामाजिक सुरक्षाको अपेक्षा राख्दछु जसकारण मैले सुरक्षित रूपमा क्यान्सरको उपचार गराउन पाऊँ ।

र याे पनि, 

► ओशो तपोवनको दुव्र्यवहारमा परेकी महिलालाई एसियन मानवअधिकार आयोगको साथ

► तपोवनविरुद्ध यौनहिंसाको आरोप लगाउने महिलालाई नै दूर्व्यवहार

► ओशो तपोवनविरुद्ध स्थानीय आक्रोशितः सशक्त आन्दोलन गर्ने चेतावनी (भिडियोसहित)

► ओशो तपोवनलाई तह लगाउने हाकिम भन्छन्, ‘अख्तियारको त्रास देखाउन खोजियो’(भिडियोसहित)

► जसको विरुद्ध नगरपालिकामा उजुरी छ, उसैको खादा ओढ्ने यि मेयर 

► दश दिन हिरासत बसेर जसले नेपाली समाजलाई ओशो चिनाए 

► अन्ततः छुटे देवसुन्दर

► फेसबुकको फाेटाेले निम्त्याएको लफडाः शक्ति दुरुपयोगको कुरुप नमुना

► फेसबुकको फाेटाेले निम्त्याएको लफडाः शक्ति दुरुपयोगको कुरुप नमुना

► ओशो तपोवनले कसरी सरकारी जमिनमा हालीमुहाली गरेको रहेछ ?  पढौं

► भारतका चर्चित ओशो सन्यासी अशोक भारतीले भने, ‘आनन्द अरुणले मविरुद्धको आक्रोश देवसुन्दरमाथि पोखे’

► स्वामी आनन्द अरुणको पोखरामा मूर्ति छ, दिनहुँ पुजा हुन्छ (भिडियोसहित)

► महिलालाई यस्तो गराउने सम्मानित, फोटो फेसबुकमा राख्ने हिरासतमा 

► ओशो तपोवनविरुद्ध उजुरीः ओशोको नाममा व्यापार गर्ने कर नतिर्ने !

प्रवचनलाई कुनै स्वीकृति विना छापिएको पाइयो

► ओशो तपोवनका एक सदस्य भन्छन्, ‘स्वामी देवसुन्दरलाई झुण्ड्याउँछौं’

► भ्रम सिर्जना गरियोः ओशो तपोवन

► स्वामी देवसुन्दर भन्छन्, ‘साँचो बोल्दा आनन्द अरुणले प्रहरी लगाउन खोजे’ 

► स्वामी अरूणको चेतावनी : गुरूलाई धोका दिनेहरूको अनिष्ट निश्चित छ

► आखिर आनन्द अरुणबाट महिलाहरुले के पाउँछन् ‘गुरुप्रसाद’ ? (भिडियोसहित)

► ‘पशुपंक्षीमा विवाह हुँदैन, बलात्कार पनि हुँदैन’ (भिडियोसहित)

► ओशोका केही स्वामीहरु महिलाहरुलाई  ‘तिमी मेरो पूर्वजन्मको प्रेमिका हौं’ भन्छन् (भिडियोसहित)