व्यापार अर्थ कर्पोरेट ओटोमोबाइल

स्याङयोङले ल्यायो न्यूँ एयर मेगा एक्सचेन्ज अफर

जुनकुनै पुुुराना ब्राण्डसँग नयाँ स्याङयोङ साट्न सकिने

स्याङयोङले ल्यायो न्यूँ एयर मेगा एक्सचेन्ज अफर

काठमाडौं । नेपालका लागि स्याङयोङ मोटर्सको अधिकृत विक्रेता आइएमएस मोटर्सले नयाँ वर्ष २०१९ को उपलक्षमा मेगा एक्सचेन्ज अफर ल्याएको छ। अंग्रजी नयाँ वर्षलाई लक्षित गर्दै कम्पनीले आफ्ना ग्राहकहरुलाई एक्सचेन्ज देखि नगद छुट सम्मको योजना ल्याएको हो । 

 

यस योजना अन्तरगत ग्राहकले आफूसँग भएको कुनैपनि गाडीसँग स्याङ्योङ ब्राण्डको नयाँ एसयुभी साट्न सक्ने छन् भने, योजना अवधिभर गाडी साट्दा चार लाखसम्मको नगद छुट पाउन सक्नेछन्। 

 

यसका अतिरिक्त एक्सचेन्ज अफरमा ग्राहकले एक वर्षको निशुल्क बिमा, झन्झट रहित फाइनान्सको सुविधा, चालु आर्थिक बर्षको रोड ट्याक्स, तीन बर्षको वारेन्टी, पाँच वर्षसम्म निशुल्क सर्भिसिङ लगायतका सुविधा समेत पाउन सक्ने कम्पननीले जानकारी दिएको छ । 

 

सन् १९५४ मा दक्षिण कोरियामा स्थापनमा भएको यो कम्पनीले हाल विश्वका एक सय २८ मुलुकमा आफ्नो उत्पादन निर्यात गर्दै आएको छ।

स्याङयोङ