समाचार शेयर कर्पोरेट कुरा: पैसाको अर्थ

खुल्यो युनिभर्सल पावरको २१ लाख कित्ता आइपीओ, एउटैले ५ लाख कित्तासम्म आवेदन दिन पाउने

खुल्यो युनिभर्सल पावरको २१ लाख कित्ता आइपीओ, एउटैले ५ लाख कित्तासम्म आवेदन दिन पाउने

काठमाडौं। युनिभर्सल पावर कम्पनी लिमिटेडको २१ लाख कित्ता बराबरको आइपीओ आजबाट खुलेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई प्राथमिकतामा राख्दै कम्पनीले २१ लाख ३५० कित्ताको आइपीओ खुला गरेको हो ।

 

११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले आयोजना प्रभावित क्षेत्र अन्तर्गत रहेका दोलखा जिल्लाको गौरीशंकर, कालिन्चोक र बिगु गाउँपालिकाकका स्थानीयका लागि यस्तो आइपीओ बिक्री खुला गरेको हो ।

 

प्रति शेयर एक सय रुपैयाँ रहेको उक्त आयोजनाको २१ लाख कित्ता आइपीओ निष्कासनमा एउटै व्यक्तिले न्युनतम ५० देखि अधिकतम ५ लाख कित्तासम्म शेयर आवेदन दिन पाउने छन्। 
आवेदन भने यही पुस २९ गतेभित्र दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

कुल २ अर्ब १० करोड रुपैयाँको चुक्ता पुँजी पुराउने लक्ष्य राखिएको यस आयोजनामा १ करोड १३ लाख कित्ता संस्थापकबाट, २१ लाख कित्ता आयोजना प्रभावित र बाँकी ७५ लाख कित्ता शेयर सर्वसाधारणबाट संकलन गरिने भएको छ । 


यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई दिएको शेयर बिक्री नभएकोमा त्यसलाई समेत जोडेर सर्वसाधारणको लागि जारी गरिएको कम्पनीले जनाएको छ । 

 

इक्रा नेपालबाट इक्रा एनपी आइपीओ ग्रेड ४ प्रमाणपत्र पाएको यो कम्पनीको प्रतिशेयर आम्दानी ०।८६ रुपैयाँ ऋणात्मक छ । यसले तीन वर्षमा १० रुपैयाँ ४६ पैसा शेयर आम्दानी पुर्याउने लक्ष्य राखेको छ ।

 

हाल यो कम्पनीको नाफा नै नभएकोले आगामी ३ वर्षमा २१ करोड ९८ लाख नाफा गर्ने प्रक्षेपण गरिएको छ भने सर्वसाधारणको लगानी ७ वर्षमै फिर्ता गर्ने बताएको छ । 

युनिभर्सल पावर आइपीओ