कला साहित्य

गीतकार सन्तोष थापाको ‘तिमीबाट टाढा हुँदा’ सार्वजनिक

गीतकार सन्तोष थापाको  ‘तिमीबाट टाढा हुँदा’  सार्वजनिक

काठमाडौं । नेपाली सेनामा कार्यरत  गीतकार सन्तोष थापाको तिमीबाट  टाढा हुँदा गीतको भिडियो सार्वजनिक भएको छ ।  

 

काठमाँडौको त्रिपुरेश्वरस्थित फिल्मशाला टि भी को कार्यालयमा एक कार्यक्रमका बीच प्रदेश नं ३ का सांसद शान्तिप्रशाद पौडेलले उक्त गीतको  सार्वजनिक गरेका हुन् ।


 

 

भिडियो सार्वजनिक  गर्दै पौडेलले  साहित्यीक सिर्जनाहरु अप्ठयारो परिस्थीतिमा मात्रै रचना हुने भएकाले यसले समाजको वास्तविक चित्रण गर्नै बताए । 

 

 

कार्यक्रममा  गीतका निर्दैशक आशिक राई,संगीतकार प्रकाश चुनारा  नेपाली काग्रेुका युवा नेता रत्नहरी ढुगेंल, अधिवक्ता ईश्वरीप्रशाद पोखरेल, वरिष्ठ पत्रकार सचितनन्द राई, श्रीहरी श्रेष्ठ लगायतले शुभकामनम मन्तव्य व्यक्त गरेका थिए ।


 

गीतकार सन्तोषले परिवारबाट टाढा शान्ति सेनाको रुपमा समर्तित हुँदा विछोडको पीडाले गीत जन्माएको बताउँदै आगामी दिनमा पनि यस्तै समसामयिक गीत स्रोता तथा दर्शकमाझ ल्याउने बताए ।  

गीतमा संगीत भने प्रकार चुनाराको रहेको छ । आशिक राईले निर्देशन गरेको भिडियोमा अभिनय भने स्वं रचनाकार सन्तोषले गरेका छन् ।  

आईतबारको कार्यक्रम फिल्मशाला  अध्ययक्ष श्रीहरी श्रेष्ठ र किरण मोक्तानको सञ्चालनमा सम्पन्न भएको    छ ।