मनोरञ्जन

यी हुन् विश्वका सर्वाधिक कामुक १० महिला

यी हुन् विश्वका सर्वाधिक कामुक १० महिला

काठमाडौं । सौन्दर्य र महिला एकअर्काका पूरक हुन् । आफूलाई सुन्दर देखाउन महिलाहरूले प्राचीनकालदेखि नै अनेकौं उपाय अपनाउँदै आएका छन् । उनीहरूकले आफ्नो सुन्दरताका लागि खर्च पनि खुलेर गर्ने गर्छन् । 

 

महिलाहरूको सौन्दर्यसम्बन्धी पूर्वी तथा पाश्चात्य मान्यतामा केही भिन्नता छ । तैपनि आफ्नो रूप र यौवनले पुरुषहरूलाई आकर्षित गर्ने क्षमता भएका महिलाहरू नै सबैको नजरमा पर्छन् । अनुहार तथा शरीरको बनोटबाहेक हाउभाउ तथा कामकलाका कारण पनि महिलाहरूको सौन्दर्यको मापन गरिँदै आएको छ । यसै सन्दर्भमा विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका आधारमा सर्वाधिक कामुक महिलाहरूको सूची यस्तो छ:

 

१. टुलिसा कोन्टोस्टाभ्लोस
कामुक महिलाहरूको यो सूचीमा पहिलो पटक सोभलै पहिलो स्थानमा देखिएकी टुलिसा कोन्टोस्टाभ्लोस बेलायती मुलकी गायिका तथा गीतकार हुन् । उनी टेलिभिजन सिरियलहरुमा अभिनयसमेत गर्छिन् । सन् १९८८ मा जन्मिएकी टुलिसा डेभिड किंगसँग लिभ इल रिलेसनमा छिन् । 
 

 

२. चेरी कोल
यो सूचीको दोस्रो स्थानमा सन् १९८३ मा जन्मिएकी चेरी कोल छिन् । उनी गायिका, गीतकार तथा टेलिभिजन अभिनेत्री हुन् । विगत २ वर्षयता यो सूचीबाट हराएकी चेरी कोल यो वर्ष फेरि फर्किएकी हुन् । जिन बनान्ड फनौन्डेजसँग २ वर्ष (सन् २१४–१६) मा फुटबल खेलाडी एस्ले कोलसँग ४ वर्ष (सन् २००६–१०) लिभ इन रिलेसनमा रहिसकेी कोलका एक छोरा छन् । 
 

 

३. रिहान्ना
कामुक महिलाहरुको यो सूचीको तेस्रो स्थानमा पप गायिका रोबिन रिहान्ना छिन् । उनी पनि यो सूचीमा एक वर्षपछि फर्किएकी हुन् । सन् १९८८ मा बार्बाडोजमा जन्मिएकी रिहान्ना चलचित्र तथा टेलिभिजन शोहरुमा समेत अभिनय गर्छिन् । अमेरिकी संगीत व्यवसायी इभान रोजरसँग पारपाचुके गरेकी रिहान्ना अहिले सिंगल छिन् । 
 

 

४. रोजी जोन्स
सन् १९९० बेलायतमा जन्मिएकी रोजी जोन्स ग्लामरस मोडल हुन् । कामुक महिलाहरुको यो सूचीमा पहिलोपटक चौथो स्थानमा देखा परेकी रोजी जोन्स विशेषगरी पुरुषहरुसँग समबिन्धत लाइफस्टाइल म्यागजिनहरुमा प्रकाशित हुने आफ्ना तस्बिरका कारण चर्चित छिन् । 

 

 

५. जर्जिया साल्पा
सन् १९८५ मा ग्रीसमा जन्मिएकी आइरिस मूलकी जर्जिया साल्पा पनि ग्लामरस मोडल हुन् । कामुक महिलाहरुको यो सूचीमा पहिलो पटक पाँचौं स्थानमा देखा परेकी जर्जिया जो पेन्नासँग विवाहित छिन् । 

 

६. केटी पेरी
खास नाम क्याथरिन एलिजाबेथ भए पनि प्रोफेसनल संसारमा केटी पेरीका नामले चर्चित यी अमेरिकी गायिका कामुक महिलाहरुको यो सूचीमा एकपटक फेरि फर्किएकी हुन् । यो सूचीको छटौं नम्बरमा रहेकी केटी पेरीको जन्म सन् १९८४ मा भएको थियो । उनी रसेल ब्रान्ड (सन् २०१०–१२) सँग विवाहित भए पनि हाल सिंगल छिन् । 

 

७. मेगन फक्स
अलिउड मेगन फक्स यो सूचीको सातौं स्थानमा छिन् । सन् १९८६ मे १६ मा जन्मिएकी फक्स ब्रायन अस्टिन ग्रिनसँग विवाहित छिन् । ३ सन्तानकी आमा फक्सले चलचित्रको तुलामा टेलिभिजन शोमार्फत बढी लोकप्रियता आर्जन गरेकी छिन् । 

 

८. केली हेजन
सन् १९८६ मा जन्मिएकी ग्ल्यामर मोडल केली हेजन कामुक महिलाहरुको यो सूचीको आठौं स्थानमा छिन् । खासगरी पेज थ्री इभेन्टहरुमा लोप्रिय हेजल अहिलेसम्म अविवाहित नै छिन् । 
 

 

९. मिला कुनिज
सर्वाधिक कामुक महिलाको नवौं स्थानमा हलिउड अभिनेत्री मिलेना मार्कोभ्ना मिला कुनिस छिन् । उनी यो सूचीमा २ वर्षपछि फर्किएकी हुन् । सन् १९८३ अगस्त १४ मा जन्मिएकी कुनिस हलिउड अभिनेता एस्टोन कुुचरसँग विवाहित छिन् । उनका २ छोरा छन् । 
 

 

१०. एमिली अटाक
कामुक महिलाहरुको यो सूचीको दसौं स्थानमा हालसम्म अविवाहित हलिउड अभिनेत्री एमिला जेन अटाक छिन् । सन् १९९९ मा जन्मिएकी एमिली अटाक टेलिभिजन सिरियलमा आफ्नो अभिनयका कारण चर्चामा आइरहन्छिन् । उनकी दिदी मार्था अटाक तथा दाजु जर्ज आटकसमेतथ अभिनय पेसामै छन् । साप्ताहिकबाट साभार

सर्वाधिक कामुम महिला